अर्थ संसार, सुर्खेत– पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको खड्का सवार बा १५ च ८३५४ नम्बरको गाडी आइतबार अपराह्न रत्न राजमार्गअन्तर्गत मसिना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा खड्काका अंगरक्षक सञ्जिव आचार्य गम्भीर घाइते हुनुभएको छ भने पूर्वमन्त्री खड्काको गर्धन र खुट्टामा सामान्य चोट लागेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
घाइते खड्का र आचार्यको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस