Like us!
Follow us!
Connect us!
Watch us!

डुङ्गा दुर्घटनामा १४ शरणार्थीको मृत्यु

शनिबार, ०३ चैत्र २०७४, २० : ०६ मा प्रकाशित

डुङ्गा दुर्घटनामा १४ शरणार्थीको मृत्यु

अर्थ संसार, एथेन्स– टर्कीबाट ग्रीसतर्फ यात्रा गरिरहेका चार बालबालिकासहित १४ जना शरणार्थीको उनीहरू यात्रारत काठको डुङ्गा शनिबार समुद्रमा डुब्दा मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था आम्नाले जनाएको छ ।

“डुङ्गा दुर्घटनामा परेका १४ जनाको मृत शरीर पानीबाट बाहिर निकालिएको र हराइरहेका तीन जनाको खोजी भइरहेको छ,” ग्रीक सामुद्रिक सुरक्षा गार्डले पनि जनाएका छन् । तर ग्रीक अधिकारीले यसको अझै औपचारिक घोषणा गरेका छैनन् ।

दुर्घटनापछि पौडी खेलेर किनारमा पुग्न सफल केही व्यक्तिले डुङ्गामा २० जना यात्रु रहेको बताए । डुङ्गा वस्तीबाट केही टाढा दुर्घटना भएको र दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन ।

थप यात्रुपनि जीवित पाउने विश्वासमा ग्रीक सामुद्रिक सुरक्षा गार्ड, नौसेनाको पानीजहाज तथा हेलीकोप्टरमार्फत खोजी जारी रहेको बताइएको छ ।
एैजन क्षेत्रमा केही महिना यता डुङ्गा दुर्घटना भएका खबर नआइरहेका समय शनिबारको दुखान्त घटना भएको उद्धारमा सम्लग्न अधिकारीले जनाएका छन् ।

सन् २०१५ पछि एैजन सामुद्रिक क्षेत्रमा सयौैं आप्रबासी शरणार्थीले ज्यान गुमाएका राष्ट्रसङ्घको तथ्याङ्क छ ।

यात्राका लागि अत्यन्तै खतरनाक मार्ग मानिने उक्तबाटो विभिन्न मुलुकबाट टर्कीहुँदै ग्रीस पुग्ने शरणार्थीको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ ।

पछिल्लो समय शरणार्थीले नाटकीय रूपमा उक्त बाटोको प्रयोग नगरिरहेको समय शनिबार उक्त डुङ्गा दुर्घटना भएको छ ।, ३ रासस÷सिन्हवा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको