Like us!
Follow us!
Connect us!
Watch us!

जाने होइन ललित अन्तर्राष्ट्रिय व्यापार मेलामा ? (फोटोफिचर)

शनिबार, ०३ चैत्र २०७४, १० : ५२ मा प्रकाशित

जाने होइन ललित अन्तर्राष्ट्रिय व्यापार मेलामा ? (फोटोफिचर)

अर्थ संसार, ललितपुर– ललितपुर उद्योग वाणिज्य संघको ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसरमा पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा पाँच दिने ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७४ फागुण ३० गते शुरु भएको छ ।

आज अन्तिम दिन हो ।  मेलामा पाकिस्तान, बंगलादेश र भारतका २२ र स्वेदशी  ५८ गरी ८० वटा स्टलहरु रहेको छ । मेला ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका एवं महालक्ष्मी नगरपालिकाको साथै नेपाल सरकार व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रर्वद्धन तथा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल हस्तकला महासंघको सहयोगमा गरिएको हो ।

मेलाको आयोजनाले स्थानिय साना तथा मझौला उद्यमीहरुलाई नयाँ बस्तु एवं सेवाको उत्पादनलाई प्रोत्साहि गर्ने, साथै आफ्ना उत्पादनहरुलाई स्थानिय एवं अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण एवं प्रवद्र्धन गर्न सहयोग गर्ने उद्देश्य संघले लिएको छ ।

त्यसैगरी क्रेता विक्रेताबीच व्यवसायिक सम्पर्क विस्तार गर्ने, स्थानिय उत्पादन तथा बस्तुको प्रचार प्रसार गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीहरुबीच प्रविधी आदान प्रदानको अवसर दिने, द्धिपक्षीय व्यापार विस्तार, लगानी प्रवद्र्धनका लागि प्रभावकारी वातावरण बनाउने मेलाको लक्ष्य रहेको छ । मेलाको एक समारोहकाबीच प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणी पौडेलले गर्नुभएको थियो ।

5aaca86c6f832.jpg 5aaca886dbf52.JPG 5aaca895c3738.JPG 5aaca8a19c8ab.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको