Like us!
Follow us!
Connect us!
Watch us!

पार्टी एकिकरण र सरकार प्रति जन अपेक्षा

शनिबार, ०३ चैत्र २०७४, १० : २१ मा प्रकाशित

पार्टी एकिकरण र सरकार प्रति जन अपेक्षा

नेकपा एमाले र माओबादी केन्द्का बीचमा गठन भएको वाम गठवन्धनका माध्यमबाट सरकार  गठन भएको छ ।

सरकार गठन सँगै मुलुकको अर्थतन्त्र र विकासको अवस्थाका बारेमा सरकारले स्वेतपत्र जारी गरेर त्यसको प्रकाशमा सरकारले गर्ने तात्कालिक नीति तथा कार्यक्रमहरुको सार्वजनिक गर्नु पर्दछ । यतिखेर जनतालाई राहतको अनुभूती चाहिएको छ ।

किसानहरु मल, विउ र सिंचाइको अभावमा छटपटाउन थालेका छन् । सडक बाटोहरु हिल्यामे र धुल्यामे भएर जनताले  आवात जावत गर्न कठिनाइ व्यहोरी रहेका छन् । टोल, बस्तीमा  खानेपानीको हाहाकार छ ।सर्बत्र महंगी, अभाब, कालोबजारीया बढेको छ ।

यि सबै जनताले भोगेको  ज्वलन्त समस्यालाई समाधान गर्ने गरी नयाँ सरकारले राहत मुखी कार्यक्रमको घोषणा गर्नु पर्दछ ।

साथसाथै चुनावी घोषणा पत्रमा उल्लेखीत नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने गराउने दिशामा सरकार अग्रसर हुनु पर्दछ।  । कर्मचारीहरुको मनोबल बढाउने गरि नीति कार्यक्रमको सार्वजनिक गरेर, अब कर्मचारी तन्त्रलाई जवाफदेही र नतीजामूलक कार्यशैली अवलम्बन गर्न  गराउन जोड दिनु पर्दछ।  

सरकार संचालन को सन्दर्भमा शुसासनका मुल्य मान्यतालाई स्थापित गर्ने, अनियमितता र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्ने, राजश्व, बृद्दिमा जोड दिने गरी सरकारका कामलाई गति दिनु पर्दछ । सरकारका काममा सहयोग पुर्याउनु र समन्वय गर्न बाम गठवन्धनका शीर्ष नेतृत्वहरु रहेको संयन्त्र निर्माण  हुँदा सुव्यवस्थित ढंगले सरकार संचालन गर्ने आधार तयार हुने देखिन्छ।

 बाम गठवन्धनको तर्फबाट सरकार गठन संगै पार्टि एकिकरणको प्रकृया लाई अगाडी बढाउनु पर्दछ । पार्टी एकिकरण राजनीतिक घोषणा गरेर मात्र पुग्दैन, पार्टी एकिकरण कुन सैद्धान्तिक, बैचारिक, र संगठनात्मक  संरचनाका आधारमा गर्ने ? एकिकृत पार्टीको नेतृत्वको व्यस्थापन कसरी गर्ने, भन्ने विषय अहं महत्वको विषय हो ।

पार्टि एकिकरण  कार्यलाई जति ढिला भयो, त्यति नै देशी विदेशी प्रतिकृयावादीहरुले चलखेल गर्न सक्ने , उत्तिकै सम्भावना छ   ।

पार्टि एकिकरण मुलुकको विकास, समृद्धि हासिल गर्न र समाजवादको आधार निर्माण गर्न तथा एकिकृत कम्युनिष्ट आन्दोलनको  निर्माण गर्न अपरिहार्य छ । पार्टि एकिकरणको कार्यबाट नै जनादेशको सम्मान हुनेछ ।

अतः अनेक किसिमका धारणाहरु सार्वजनिक गरेर यो पक्ष र त्यो पक्षमा नेतृत्व र कार्यकर्ता खडा हुने, गर्ने तर्फ लाग्नुको सट्टा एकिकरण प्रकृयालाई पार्टि एकता संयोजक समितिले गम्भीरता पूर्वक कार्य आरम्भ गर्नु पर्दछ ।

पार्टि एकिकरणको सैद्धान्तिक, बैचारिक र संगठनात्मक पक्षमा सहमती सँगै पार्टि र सरकारको नेतृत्व गर्न, दुबै पार्टीका शिर्ष नेतृत्वको वीच समझदारी हुन आवश्यक छ ।

सबैको सम्मानजनक सहभागीता हुने गरी पार्टि  एकिकरणको   घोषणा गर्नको लागि अव तत्काल मस्यौदा दस्तावेज बनाई छलफल  आरम्भ गरी हाल्नु पर्दछ, र छलफलबाट निस्किएका निष्कषर््ाका आधारमा घोषणापत्र सहित पार्टी एकिकरणको घोषणा गर्नु पर्दछ ।  

पार्टी एकिकरणको  प्रकृयालाई टुङ्ग्याउन समय लाग्ने विषयलाई ध्यानमा राखी जिल्ला र स्थानीय तहसम्म औपचारिक ढंगले पार्टि एकता  संयोजक समिति निर्माण गर्नु पर्दछ । जिल्ला र स्थानीय स्तरमा पार्टि एकता संयोजन समितिले पार्टि एकिकरणको महत्व र आवश्यकता बारे संयुक्त भेला प्रशिक्षणको आयोजना गरी कार्यकर्ताहरुलाई प्रशिक्षीत  गर्दै जानु पर्दछ ।

कार्यकर्ताहरुका वीचमा जति बाक्लो  संयुक्त भेटघाट, छलफल बहस र अन्तरक्रिया हुन्छ, त्यति नै तल्लो तहसम्म पार्टी एकिकरणको व्यवस्थापन सहज हुन्छ र आधारभूत तहसम्म पार्टि एकता संयोजक समितिबाट नै स्थानीय जनताका पिरमर्का समाधान गर्न र विकास निर्माणका कार्यको सम्पादनमा अग्रसरता लिनु पर्दछ ।

निर्वाचित जनप्रतिनिधिहरु र स्थानीय तहमा जनप्रतिनिधिहरुसंग समन्वय गरेर जनताका पीर मर्का समाधानमा पहलकदमी लिन सक्दा मात्र आधारभूत तहसम्म बाम गठवन्धनको उपस्थिती र भुमिकालाई स्थापित गर्न सकिन्छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको