Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदी पसलमा आगलागी हुँदा ४ लाखको क्षति

शनिबार, ०३ चैत्र २०७४, ०९ : ४८ मा प्रकाशित

सुनचाँदी पसलमा आगलागी हुँदा ४ लाखको क्षति

अर्थ संसार, काठमाडौं– उर्लाबारी, मोरङ– सुनबर्सी नगरपालिका–९ डाइनिया बजारका बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ आगलागी हुँदा करीव रु चार लाख क्षति भएको छ ।

साँझ ७ बजेतिर ग्यास सिलिण्डर चुहावट भई लागेको आगोले उहाँको रु ५० हजार तथा ३ तोला सुनको गहना र ३० तोला चाँदीसमेत जल्दा रु चार लाख ४५ हजार बराबरको क्षति भएको जनाइएको छ ।

आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको