Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेण्ट बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेरौं, प्राविधिक विश्लेषण

शनिबार, ०३ चैत्र २०७४, ०८ : ४२ मा प्रकाशित

एक्सेल डेभलपमेण्ट बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेरौं, प्राविधिक विश्लेषण

प्रमुख गतिविधि 

बैंकको मङ्सिर १७ गते सम्पन्न १२औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ३० दशमलव १२ प्रतिशत बोनश सेयर तथा कर प्रयोजनका निम्ति १ दशमलव ५८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

एक्सेल डेभलपमेण्ट बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, ३० फागुन २०७४)

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षकोे दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • एक्सेल डेभलपमेण्ट बैङ्कको खुद नाफा ७ करोड ५१ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करीब २ प्रतिशतको वृद्धि हो ।

  • कम्पनीको जगेडा कोषमा भने १९ प्रतिशतको कम भएको छ । २३ करोड १४ लाखको कोष कम भएर १८ करोड ६८ लाख पुगेको छ ।

  • पूँजी वृद्धिको अनुपातमा खुद मुनाफा वृद्धि हुनसक्दा बैङ्कको प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ०१ पैसाबाट घटेर २१ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

  • यो अवधिमा बैङ्कले ४ अर्ब ४८ करोड निक्षेप सङ्कलन गरी ४ अर्ब ०४ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप १० प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि १३ प्रतिशतले वृद्धि भएको छ ।

  • बैङ्ककोे प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी भने यो अवधिमा २ प्रतिशतले वृद्धि भएको छ । बैङ्कले १५ करोड १० लाख खुद ब्याज आम्दानीबापत कमाउन सफल भएको छ । अघिल्लो वर्ष यही अवधिमा बैङ्कले १४ करोड ८६ लाख खुद ब्याज आम्दानीबापत कमाउन सफल भएको थियो ।

  • बैङ्कले १ करोड १९ लाख रुपैयाँ प्रोभिजन गर्नुपरेको छ भने जोखीम कोषबाट १ करोड ७४ लाख रकम फिर्ता गरेको छ । त्यस्तै, निष्क्रिय कर्जाका निमित्त १८९ दशमलव ७३ प्रतिशत रकम प्रोभिजन गरेको छ ।

  • बैङ्कले प्रकाशन गरेको वित्तीय विवरणअनुसार बैङ्कको प्रतिशेयर आम्दानी २१ दशमलव ६९, प्रतिशेयर नेटवर्थ १२६ दशमलव ९७ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्ति ८ सय १ रुपैयाँ ७४ पैसा रहेको छ ।

निष्कर्ष : 
समीक्षा अवधिमा ब्याज खर्चमा आएको वृद्धिको करणले गर्दा पूँजीवृद्धिको अनुपातमा खुद मुनाफामा वृद्धि हुन नसक्दा प्रतिशेयर आम्दानीमा भारी मात्रामा कमी आउन पुगेको देखिन्छ ।

प्राविधिक विश्लेषण : ३५० को टेवामुनि एक्सेल डेभलभमेण्ट बैङ्क

प्रतिरोध २ : ३८० । प्रतिरोध १ : ३५० । अन्तिम कारोबार मूल्य : ३४५ । टेवा १ : ३३५ । टेवा २ : ३२०

बजारको अवस्था
एक्सेल डेभलभमेण्ट बैङ्क हालको अवस्थामा ३ सय ५० रुपैयाँको मजबुत टेवामुनि कारोबार भइरहेको छ । मजबुत टेवा तोडिसकेको हुनाले विक्रेताको चाप बढ्ने आँकलन गर्न सकिन्छ । करीब ११ महीनायता यस कम्पनीको शेयर मूल्य प्रवृत्तिहीन अवस्थामा रहेको छ । मङ्गलवार यस कम्पनीको शेयर ३ सय ४५ रुपैयाँमा मात्रै कारोबार भएको छ भने यस कम्पनीको १२ कित्ता शेयर कारोबार भएको छ ।

मुभिङ एभरेज 
५ दिने र २१ दिने मुभिङ एभरेजअनुसार यस कम्पनीको शेयर मूल्य घट्दो प्रवृत्तिमा रहेको छ ।

एडीएक्स 
एडीएक्स सूचकअनुसार यस कम्पनीको शेयर मूल्य बढ्दो प्रवृत्तिमा रहेको छ ।

एटीआर
एटीआर सूचक केही दिनयता घट्दो प्रवृत्तिमा रहेको हुनाले यस कम्पनीको शेयर मूल्यमा उतार चढाव घट्दै गएको जनाएको छ ।

स्टोकाष्टिक 
स्टोकाष्टिक सूचक ओभारसोल्ड क्षेत्रमा रहेको छ, जसले यस कम्पनीको शेयरमा अझै पनि विक्रेताको चाप कायम रहेको जनाउँछ ।

निष्कर्ष
विभिन्न प्राविधिक सूचकले यस कम्पनीको शेयर मूल्य घट्दो प्रवृत्तिमा रहेको जनाएको हुनाले बढ्ने सङ्केत प्रष्ट नगरेसम्म ‘पर्ख र हेर’को रणनीति अपनाउनुपर्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको