Like us!
Follow us!
Connect us!
Watch us!

निजामति प्रशासनमा चरम वेथिति २३९ कर्मचारी गएनन् कार्यक्षेत्र

बुधबार, ३० फागुन २०७४, १६ : १४ मा प्रकाशित

निजामति प्रशासनमा चरम वेथिति २३९ कर्मचारी गएनन् कार्यक्षेत्र

अर्थ संसार, काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनबाट विभिन्न प्रदेश सरकारमा खटाइएका २३९ कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन् ।

सातवटै प्रदेशमा प्रदेश सरकार सञ्चालनका लागि गएका २३९ कर्मचारी अझै नगएको मन्त्रालयका उपसचिव सुभद्रा ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकार सञ्चालन हुँदाखेरी नै पठाइएका ती कर्मचारी अटेरी गर्दै अझै प्रदेश कार्यालयमा हाजिर भएका छैनन् ।

उपसचिव ढुंगेलले सम्बन्धित प्रदेश कार्यालयले हाजिर नहुने कर्मचारीको विवरण पठाए उनीहरूलाई स्पष्टीकरण साधिने बताउनुभयो । सामान्यले प्रदेश सरकारमा केही समयका लागि आन्तरिक व्यवस्थापन गर्न भन्दै एक हजार ६८ कर्मचारी खटाएको थियो ।

प्रत्येक प्रदेश प्रमुखको कार्यालयमा सचिवको नेतृत्वमा र प्रदेश मन्त्रालयमा सहसचिवको नेतृत्वमा कर्मचारी खटाइएको छ ।

यसगरी खटाइएका १७ कर्मचारीले भने अझै पत्रसमेत बुझेका छैनन् । प्रदेश कार्यालयका लागि एक हजार ५०५ कर्मचारी आवश्यक भएकाले अपुग कर्मचारी पठाउने तयारी पनि गरिएको उहाँले जानकारी गराउनुभयो ।

कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा दिुनपर्नेमा उनहिरुले अटेर गरिरहेको पाइएको छ । कर्मचारीको अभावमा प्रदेश सरकार सञ्चालनमा समस्या पैदा भएको छ ।

कर्मचारी अभावमा सबै प्रदेशका काम कारवाहीमा समेत समस्या खडा भएको छ । प्रदेश नं ३ समेत समस्यामा परेको छ । यूतै प्रदेश नं ६ र ७ मा सरकार सञ्चालनमा समेत समस्या पैदा भएको छ । सरकारको निदेृशनलाई अटेर गर्ने निजामति कर्मचारीलाई तल लगाउन सरकार कडा बन्नुपर्ने देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको