Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

मंगलबार, २९ फागुन २०७४, १९ : २३ मा प्रकाशित

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

अर्थ संसार, काठमाडौं– संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभएको थियो ।

उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।

संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गर्नुभएको थियो । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको