Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण कोरियाबाट पैसा पठाउने झनै सजिलो, नेपाल इन्भेस्टमेन्ट बैंकले गर्यो सम्झौता

मंगलबार, २९ फागुन २०७४, १७ : ५७ मा प्रकाशित

दक्षिण कोरियाबाट पैसा पठाउने झनै सजिलो, नेपाल इन्भेस्टमेन्ट बैंकले गर्यो सम्झौता

अर्थ संसार, काठमाडौं–  दक्षिण कोरियामा रहेका नेपालीलाई नेपालमा पैसा पठाउन सहजहोस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि.(पृथ्वी रेमिट) र दक्षिण कोरियास्थित इनाइन पे कम्पनी लिमिटेडबीच बीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ ।

यस सम्झौतापछि दक्षिण कोरियामा रहेका नेपालीले त्यहाँस्थितकुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी एनाइनपे को मोबाइल एप प्र्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् ।
 
इनाइनपेको मोबाइल एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । साथै दक्षिण कोरियामा रहेको शाखाहरुबाट समेत नेपालमा रकम पठाउन सकिन्छ ।

 इनाइन पे मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैंक लि.को खातामा तुरुन्तै जम्मा हुनेछ, साथै अन्य वाणिज्य तथा विकास बैंकको खातामापनि रकम जम्मा गर्न सकिन्छ ।

सो मार्फत  पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका ८ हजारभन्दा बढी भुक्तानी काउन्टरबाट समेत तुरुन्त प्राप्तगर्न सकिन्छ  । छिटो, सहज र सुरक्षिततरिकाले रकमप्राप्तगर्न यो माध्यमउपयुक्तहुने विश्वास लिइएको छ ।

 देशकाविभिन्न ठाउँमा रहेका ६६ वटा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) शाखा र ९८ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपालइन्भेष्टमेण्ट बैंक लि.र दक्षिण कोरियास्थित इनाइनपे बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।

यस अघि नेपाल इन्भेष्मेण्ट बैंक लि.ले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले भारतको एक्सिस बैंक र अमेरिकाको पे पलसंग पनि विप्रेषण सम्झौता गरि कारोवार सुरु गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको