Like us!
Follow us!
Connect us!
Watch us!

लालबाबुले चेम्बरलाई भने–धुलो हटाउन सहयोग गर्नुस्

मंगलबार, २९ फागुन २०७४, १७ : २५ मा प्रकाशित

लालबाबुले चेम्बरलाई भने–धुलो हटाउन सहयोग गर्नुस्

अर्थ संसार, काठमाडौँ – नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेश काजी श्रेष्ठको नेतृत्वमा नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधि मण्डलले जनसंख्या तथा वातावरण मन्त्री श्री लालवावु पण्डितसंग भेटवार्ता गरेको छ ।

भेटकाअवसरमा अवसरमा चेम्वर का अध्यक्ष श्रेष्ठले वातावरणीय समस्याहरुका कारण जनजीवनमा परेको प्रभाव वारे आफ्नो धारणाहरु राख्नु भयो ।

उहाँले  धुवां धुलोका कारण काठमाण्डौमा पैदल यात्रा गर्न समेत कठिनाई  भएको र सडक किनारामा रहेका व्यवसाय र व्यवसायीहरुको अवस्था दयनीय भएको तर्पm औल्याउनु हुंदै  यस अवस्थाको दीर्घकालीन समस्या समाधान खोजिनु आवश्यक भएको बताउनु भयो ।

उक्त अवसरमा वातावरणीय प्रदुषणलाइ न्युन गर्न उच्च गुणस्तरीय डिजेल लगायत पेट्रोलियम पदार्थ  हुनु पर्ने तथा सडक निर्माण उच्च गुण स्तरको हुनु पर्ने तथा २० वर्ष भन्दा पुराना ठूला भाडाका तथा निजी पर्यटकीय तथा सरकारी गाडीहरु बिस्थापन गर्नु पर्ने बिषयमा छलफल भएको थियो ।

 उक्त अवसरमा मन्त्री पण्डितले वातावरण प्रदुषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिका वारे वोल्नु हुंदै सडकलाइ स्वच्छ राख्न सवै व्यवसायीहरुलाइ सडकमा फोहर नफाली फोहर राख्ने वाल्टीनमा राख्न सन्देश सम्प्रेषण गर्ने तर्फ ध्यानाकर्षण गर्नु भयो ।

वातावरण स्वच्छ राख्ने सन्दर्भमा प्लाष्टिकका सवै उद्योगहरुको सन्दर्भमा नभइ प्लाष्टिक झोलाको  उत्पादन तथा बितरणमा नियन्त्रण गर्ने तर्फ स्पष्ट पार्नु भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको