Like us!
Follow us!
Connect us!
Watch us!

पुनर्निमाण तथा पुनर्वास सम्बन्धी अन्र्तक्रिया कार्यक्रम

मंगलबार, २९ फागुन २०७४, १६ : १३ मा प्रकाशित

पुनर्निमाण तथा पुनर्वास सम्बन्धी अन्र्तक्रिया कार्यक्रम

शंखर पहाडी‘गौरब’

अर्थ संसार, काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रामेछापले रामेछाप बजारमा भुकम्पपछिको पुन निर्माण तथा पुनर्वासमा सदाचार कार्यक्रम सरोकारवालाहरु बिच छलफल तथा अन्र्तक्रिया गरेको छ ।

कार्यक्रममा सहभागिहरुले भुकम्प पिडित लाभग्राहीहरुलाई अनुदान लिन निकै झन्जटिलो भएको गुनासो गरेका छन ।  उनीहरुले पछिल्लो समय लाभग्राहीहरुलाई अनुदान रकम लिनका लागि झनै समस्या हुदै गएको बताएका हुन ।

पुननिर्माणका सवालमा नागरिकहरुले अनेक खालका समस्या भोगिरहदा समेत सरोकारवालाले खासै केहि गर्न नसकेको गुनासो सहभागिहरुले गरेका छन ।

उनीहरुले पानी र दक्ष जनशक्तिको अभावका कारण पुननिर्माणमा समस्या भैरहेको बताएका छन । कार्यक्रममा टि.आइ नेपालका अध्यक्ष हरी अर्याल , टि.आइ नेपालका महासचिव पद्यमिनी प्रधाङ्गले कार्यक्रमको सहजिकरण गर्नुभएको हो ।

कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछाने , पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्य , जिल्ला समन्वय समिती रामेछापका प्रमुख प्रेम बहादुर खड्का , रामेछाप नगरपालिकाका प्रमुख प्रशासन अधिकृत ईश्वर राज दाहाल लगायत रामेछाप नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुको वडाअध्यक्ष लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको