Like us!
Follow us!
Connect us!
Watch us!
४.८९ अंकले बढेको बजारमा २३ करोडको कारोबार

समालिदै सेयर बजार

मंगलबार, २९ फागुन २०७४, १५ : ४० मा प्रकाशित

समालिदै सेयर बजार

अर्थ संसार, काठमाडौं–राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानको समय  समाप्त भएको छ ।

४.८९ अंकले बढेको बजार १२८१.८४ विन्दुमा पुगि रोकिएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार १५६ वटा कम्पनीको ५ लाख ५५ हजार ७२२ कित्ता सेयर खरिदविक्री २३ करोड ७० लाख ३० हजार ३८७ रुपैयाँमा विक्री भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.३ अंकले बृद्धि भएको छ ।

सामान्य अंकले बढेको बजारमा बैकिङ ५.७१, होटल ६१.५४, विकास बैंक १.४५, फाइनान्स ३.१९, हाइड्रोपावर ९.३९ र अन्य ७.१२ अंकले बढेको छ । यता विमा १०.६८, उत्पादन ३२.६५ र अन्य ४.२९ अंकले घटेको छ ।

पछिल्लो समय बैंकर्स संघ र एनआईसी एसिया बैंक विच भएको सहमति  र नेपाल इन्भेष्टर्स फोरमले पूँजीबजारलाई सुधार गर्न गरेमा मागले सेयर बजारमा सकारात्मक सन्देश दिएको छ ।

कुनले कमाए, कुनले गुमाए ?

आज  श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सोल्टी होटल, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था आदि कम्पनीमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी केही प्रतिशतले बढाएका छन् भने अरुण फाइनानस, एभरेष्ट इन्स्योरेन्स कम्पनी आदि लगायतका कम्पनीमा लगानी गर्ने लागनीकर्ताले केही प्रतिशत आम्दानी गुमाएका छन् ।

यो पनि पढ्नुहोस्

यसरी सेयर बजारमा कम्पनी छनोट गर्नुहोस् र नाफाबाट बसीबसी खानुहोस् 

बचतमा १० र मुद्धतीमा १२ प्रतिशत व्याजदर पाउने अन्तिम दिन चैत २ गते

राष्ट्रिय प्रणालीमा ८ मेगावाट विद्युत् थप गर्दै अपि पावर कम्पनी, यस्तो छ तयारी (फोटोफिचर)

एनआईसीले घटायो व्याजदर 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको