Like us!
Follow us!
Connect us!
Watch us!

मुस्कानसहित भोट हाल्दै माननीयज्यूहरु (फोटोफिचर)

मंगलबार, २९ फागुन २०७४, १४ : ४६ मा प्रकाशित

मुस्कानसहित भोट हाल्दै माननीयज्यूहरु (फोटोफिचर)

अर्थ संसार, काठमाडौं–राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान समाप्त भएको छ । आज बिहान १०ः०० बजेदेखि शुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न १५ः०० बजेसम्म चलेको थियो । निर्वाचन आयोगले पहिलोपटक राष्ट्रपति पदका लागि मतदान गराएको हो ।

संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर निर्वाचन गरिएको यो पहिलो पटक हो । यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले मात्रै गरिएको थियो ।

संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको थियो ।

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा हुनुहुन्छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था गरिएको हो ।

निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको थियो । फोटो रासस

 

5aa7968ad2ab2.JPG 5aa79695bf56f.JPG 5aa796a0f30d1.JPG 5aa796b85420c.JPG 5aa796b86b6cf.JPG 5aa796bc69902.JPG 5aa796bd7e78b.JPG 5aa796c176cf8.JPG 5aa796c228c57.JPG 5aa796c682f3b.JPG 5aa796ca2e236.JPG 5aa796cba1277.JPG 5aa796d05fc34.JPG 5aa796d063ed3.JPG 5aa796d4d6a49.JPG 5aa796d5ac81a.JPG 5aa796d881bd0.JPG 5aa796d9c57be.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको