Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारप्रति नेपालइन्भेष्टर्स फोरमको चासो

मंगलबार, २९ फागुन २०७४, ११ : ०७ मा प्रकाशित

सेयर  बजारप्रति नेपालइन्भेष्टर्स फोरमको चासो

अर्थ संसार, काठमाडौं– विगत केहि समय देखि निरन्तर रुपमा घटिरहेको पूँजीबजार र त्यसले आमलगानीकर्ताहरुमापारेको आर्थिक तथामनोवैज्ञानिक असर प्रति नेपालइन्भेष्टर्स फोरमको गम्भीर ध्यानाकर्षण भएको छ ।

मूलूकले दशकौको राजनीतीक अन्योललाई पार गर्दै आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्दै गर्दा अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजार निरन्तर रुपमा घटिरहनु र सम्बन्धित निकायहरु प्रतिकृया विमुख रहनुले १५ लाखभन्दा बढि लगानीकर्ताहरुको भावनामा गम्भीर चोट पुगेको प्रेस विज्ञेप्तीमा उल्लेख छ ।

विगतमा लगानीका अन्य क्षेत्रहरु सुसुप्त रहेको अवस्थामा बिधार्थी देखि शिक्षक प्राध्यापक सम्म, निजामती कर्मचारी देखि सेना तथा प्रहरी सम्म र गृहणी देखि सेवा निवृत ब्यक्तिहरुसम्म,ठुला ब्यबसायीक घराना देखि साना ब्यबसायीहरुले आफ्नो बचत तथा ऋण रकमलाई यसै क्षेत्रमा लगानी गरेको कुरा विगत ५ बर्षको तथ्थांकबाट प्रष्ट देख्न सकिन्छ ।

निरन्तर रुपमा घटिरहेको बजारको कारण र सोको निराकरणका बिषयमा सम्बन्धित क्षेत्र मौन रहनुले पूँजीबजार मार्फत ब्यबसायिक क्षेत्रमा प्रवेश गर्न चाहने लाखौ लगानीकर्ताहरु निरुत्साहीत भएका छन् ।

पूँजीबजारको विकास र विस्तारको लागि यस फोरमले विगतमा उठाइएका तथा सम्बन्धित निकायहरुमा बुझाएका जायज मागहरुको यथा समयमा सम्बोधन नहुनु नै पूँजीबजार निरन्तर घट्नुको प्रमुखकारण हो भन्ने बुझाई नेपाल इन्भेष्टर्स फोरमको रहेको र तीमागहरुको संछिप्त सार सोमबार माननीय अर्थमन्त्रीलाई बुझाएको छ ।

यस्तो छ मागहरु

आर्थिक समृद्धिको अभियानलाई मुर्तरुप दिनआवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोकार वाला पदाधिकारीहरु तथानिकायहरु अझ बढी गम्भिर हुनध्यानार्षण गराउदै पूँजी बजारसँग सम्बन्धित सुचना तथा विषयहरुलाई हल्का रुपमा सम्प्रेषण नगर्न सरोकारवालाहरुलाई आवहान गर्दछौँ।

स्थीर सरकारको निर्माण, सी आस्वाको सफल कार्यान्वयनमार्फत आइपिओको आवेदन तथा बाँडफाँडमा भएको समयको बचत र प्रबिधिको प्रयोग, दिनानुदिन बढ्दै गएको लगानीकर्ताहरुको संख्या, बजारमा बढ्दै गएका म्यूचल फण्ड तथा संस्थागत लगानीकर्ता, छिट्टै संचालनमा आउन लागेको अनलाइन कारोबार प्रणाली, सूचीकृत कम्पनीहरुको ब्यवसाय तथा कमाईमा भएको बढोत्तरी, पूँजीगत खर्चको बढोत्तरीसगैं बजारमा बढ्न जाने तरलता लगायतका कारणहरुले पनि आगामी दिनमा नेपालको पूँजीबजारको भबिष्य सुनौलो देखिन्छ ।

तसर्थ आमलगानीकर्ताहरु हल्लाको पछाडी नलागीविवेक सम्मत र तथ्थको आधारमा खरिद बिक्रि निर्णय गर्नको लागि सबै लगानीकर्ताहरुलाई अनुरोध गर्दछौ ।

 

5aa761f0e562e.jpg 5aa761fb7d548.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको