Like us!
Follow us!
Connect us!
Watch us!

फ्याँकिएका प्लास्टिकबाट बने यस्ता सुन्दर कला, वातावरण जोगाउन जापानी कलाकारले सिकाइन् यस्तो सीप

आइतबार, २६ मंसिर २०७३, ११ : २२ मा प्रकाशित

फ्याँकिएका प्लास्टिकबाट बने यस्ता सुन्दर कला, वातावरण जोगाउन जापानी कलाकारले सिकाइन् यस्तो सीप

अर्थ संसार

काठमाडौं–प्लास्टिक सबैको टाउको दुखाई भएको छ । वातावरण प्रदुषण गराउने प्लास्टिकमाथि सरकारले प्रतिवन्ध लगाउने प्रयास गरेको छ । तर सफल भएको छैन । त्यही प्लास्टिकबाट सुन्दर कलाकृति पनि सिर्जना गर्न सकिने रहेछ । 

जापानी गैह्रसरकारी संस्था मुरानो मिराईको सहयोगमा सोमनिड नेपालले विद्यालयका बालबालिकालाई प्लास्टिकबाट कला सिर्जना गर्न सिर्काएको छ । नेपाल, जापान, सेनेगललगायतका राष्ट्रहरुमा सामुदायिक विकास तथा क्षमता अभिवृद्धिको क्षेत्रमा कार्यरत उक्त संस्थाले सिकाएको सीप प्रयोग गरेर काठमाडौंको गोकर्णेश्वर नगर क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाले आकर्षक कलाकृति तयार गरे । त्यसलाई उनीहरुले शनिबार बौद्धस्थित जि क्याफेमा प्रदर्शन गरेका छन ।

प्लास्टिक राक्षसजस्तै हो, त्यसलाई नियन्त्रण गर्नु पर्छ भन्ने सन्देश दिन विद्यार्थीले चाउचाउ, चकलेट, विस्कुटलगायतको खोलबाट सुन्दर मोन्स्टर प्लान्ट (राक्षसी विरुवा) तयार पारेका थिए । 

देख्दा आकर्षक राक्षसी विरुवाले सबैको ध्यान खिचेको थियो । मोन्स्टर प्लान्टमा सेल्फी लिनेहरुको भिड लागेको थियो । साइकल यात्रीसमेत रहेका सोमनिडका देवेन्द्र बस्न्यातले प्लास्टिकविरुद्ध जनचेतना जगाउन यस प्रकारको कला प्रदर्शनी आयोजना गरिएको बताए ।  

राक्षसी फुलको डिजाइन जापानी कलाकार आसिना वातानावेले गरेकी हुन् । उनलाई आकास गंगा इन्टरनेशनल एकाडेमी, उत्तर वाहिनी बोर्डिङ्ग स्कूल र स्वर्ण शिक्षा सेकेण्डरी स्कूलका विद्यार्थीले सघाएका थिए । ‘खेर गएका फोहर प्लास्टिकलाई कलात्मक शिर्जनामा रुपान्तरण गर्ने चुनौतीको अनुभव मलाई अनुपम रहयो’, उनले भनिन् ।

उनका अनुसार दूध, तेल, विस्कुट चाउचाउ, स्याम्पोजस्ता विभिन्न चिजका खोल धोएर, सफा रंगअनुसार छुट्ट्याइएको थियो । त्यसपछि माछाको कत्लाको आकारमा तिनलाई काटियो । माछा जस्तै यस फुललाई कत्लाले ढाकीयो ।  

राक्षसी फुलको अवधारण ती विद्यालयका विद्यार्थीले सुनाएको कथामा आधारित छ । ‘मेरो जीवनको डरलाग्दो कथा’ शिर्षक चित्र र निवन्धबाट मुख्य प्रेरणा लिएर राक्षसी फूलको सिर्जना गरिएको कलाकार आसिनाले बताइन् । 

बैशाख १२ को भूकम्प, जंगलको भूत, सर्प, सवारी दुर्घटनालगायत डरलाग्दा अनुभवहरुलाई यस फूलमा अभिव्यक्त गरिएको उनको भनाइ छ ।

राक्षसी फूलले उज्याला र अँध्यारा दुवै पक्ष उजागर गर्छ । ‘एकातर्फ प्लास्टिकले हाम्रो जीवन सहज बनाएको छ, भने  अर्कोतर्फ हाम्रो जीवनै खान लागिसकेको छ,’ उनले भनिन् । 

यो पनि पढ्नुहोस्

बैदेशिक रोजगारको कहरः श्रीमतीले अर्कैसँग बिवाह गरिन्, सम्पत्ति पनि सँगै लगिन्, छोराहरु आमाको पछि लागेर बाबुलाई तथानाम गरे

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको