Like us!
Follow us!
Connect us!
Watch us!

बैंकर्स र एनआईसी विच चरम विवाद, मारमा सेयर बजार

सोमबार, २८ फागुन २०७४, १७ : ५९ मा प्रकाशित

बैंकर्स र एनआईसी विच चरम विवाद, मारमा सेयर बजार

अर्थ संसार, काठमाडौं– अघिल्लो साताको अन्तिम दिन हरियाली छाएर बन्द भएको सेयर बजारमा यस साताको पहिलो दिन (आइतबार) र आज (सोमबार) दोस्रो दिन राताम्मै भएको छ ।

पहिलो दिन ३१.०४ अंकले घटेको बजार सोमबार भने ७.०८ अंकले ओरालो लागेर १२८० विन्दुमा रोकिएको छ ।

अघिल्लो साता दुई दिन लगातार ठूलो गिरावटपछि बुधबार हरियाली छाएको सेयर बजारले लगानीकर्तालाई हिजो र आज पुन निराश बनाएको हो । सेयर बजार लामो समयपछि लगानीकर्ताको मनोवैज्ञानिक तह १३ सयबाट पनि ओरालो लागेर १२ सयको तहमा पुगेर अडिएको छ ।  

बैंकमा लागनी योग्य पुँजीको चरम अभाव भएको तथ्य बाहिर आउन थालेपछि सेयर बजारमा पनि यसको नकारात्मक प्रतिक्रिया देखिएको हो । पछिल्लो दिनमा नेपाल बैंकर्स संघ र एनआईसी एसिया बैंकविचको व्याजदर विवाद सतहमा आएपछि सेयर बजारमा नकारात्मक प्रभाव देखिएको हो ।

बैंकहरुले तरलता अभाव भएपछि चर्काे निक्षेपमा व्याजदर प्रस्ताव गर्न थालेका छन् । एनआईसी एसिया बैंकले व्याजदर नबढाउने सहमति तोडेको भन्दै नेपाल बैंकर्स संघसँग आवद्ध अन्य वाणिज्य बैंकले सो बैंकसँगको बैकिङ कारोबार नगर्ने निर्णय गरिसकेका छन् ।

बैंकर्स संघले मुद्धतिमा ११ प्रतिशत र बचतमा ८ प्रतिशत व्याज भन्दा नबढाउने सहमति गरेको भएपनि एनआईसी एसिया बैंकले उक्त सहमति तोडेको भन्दै संघले कारबाही अघि बढाएको थियो । बैंकर्स  संघको सहमति कार्यान्वय गर्न खोज्दा नमिलेपछि एनआईसी एसियको प्रमुख कार्यकारी अधिकृत लक्षमण रिसालले राजीनामा दिएसकेका छन् ।

एनआईसी एसिया बैंकले बचतमा १० प्रतिशत व्याज दिने योजना ल्याए पनि बैंकर्स संघको निर्णय अनुसार व्याजदर ८ प्रतिशत झारेको भएपनि हालै मात्र मुद्धती खातमा १२ प्रतिशत बार्षिक व्याजदरको नयाँ निक्षेप स्किम हालै जार्वजनि गरेको थियो । यो विवादको प्रभाव अहिले शेयर बजारमा देखिएको हो ।

यता भारी मात्रमा एकै साथ पुँजी बृद्धि भएको छ । बढेको पुँजी अनुसार व्यापार गर्न तीव्र गतिमा शाखा विस्तार गर्नुपर्ने अवस्था छ । शाखा विस्तार गरेपछि फेरी व्यापार बढाउन निक्षेप नै आवश्यक हुन्छ । बैंकहरुमा देखिएको निक्षेप बढाउने होडको मारमा पनि शेर बजारमा नै परेको छ ।

सोमबार नेप्समा १५४ वटा कम्पनीको ७ लाख ७० हजार ४९८ कित्ता सेयर ३१ करोड ३१ लाख ६५ हजार ९१६ रुपैयाँमा कारोबार भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५९ अंकले घटेको छ । उत्पादन समूह बाहेर अरु सवै समूह राताम्मै भएका छन् ।

बैंक ७.२२, होटल ३५.६९, विकास बैंक १.०५, जलविद्युत १३.१४, फाइनान्स ३.३७, विमा ६.६, अन्य ४.४५ र माइक्रोफाइनान्स १९.३ अंकले घटेको छ । यता उत्पादन समूह भने २०.९४ अंकले बढेको छ । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5aa678db27c9d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको