Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत् कम्पनीको सेयर मूल्य सयमुनी

सोमबार, २८ फागुन २०७४, १६ : ०६ मा प्रकाशित

जलविद्युत् कम्पनीको सेयर मूल्य सयमुनी

अर्थ संसार, काठमाडौं– जलविद्युत् कम्पनीको सेयर पनि आधारभूत मूल्यभन्दा तल आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेशनल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता  १०० को सेयर घटेर रु ९८ मा आएको छ । यस्तै स्टकका सूचीकृत कूल १७ जलविद्युत् कम्पनीमध्ये १० वटा कम्पनीको सेयर प्रतिकित्ता रु २०० भन्दा तल रहेको छ ।

चिलिमे, सानिमा माई, अपि पावर कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीको मात्रै दोस्रो बजारमा शेयरको मूल्य  २०० भन्दा माथि रहेको छ ।

अपि पावर कम्पनीको प्रतिकित्ता शेयर मूल्य रु ३३७ रहेको छ । अरुण काबेली पावर लिमिटेडको  २५२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु १७४, बरुण हाइड्रो पावरको  १७१, बुटवल पावर कम्पनीको रु ४८५, छ्याङदी हाइड्रो पावरको  १५८ र चिलिमे हाइड्रो पावरको रु ७६६ प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यस्तै दिव्यश्वेरी हाइड्रोको  १२१, हिमालयन पावर पार्टनरको  ३१६, खानीखोला हाइड्रो पावरको  १३६, नेशनल हाइड्रो पावरको  ९८, नेपाल हाइड्रो डेभलपर्सको  १९४, ङदी हाइड्रोको  २०६, रिडी हाइड्रो पावरको  १३०, सानिमा माई हाइड्रो पावरको रु ३३६, सिनर्जी हाइड्रोको  १४० र युनाइटेड मोदीको रु १८५ प्रतिकित्ता शेयर कारोबार भइरहेको छ ।

क’ वर्गका बैंकको पनि उस्तै हालत

सेयर बजारमा ‘क’ वर्गका वाणिज्य बैंकको हालत पनि उस्तै रहेको छ । जनता बैंक लिमिटेड, सेञ्चुरी कर्मसिएल बैंक र सिभिल बैंक लिमिटेको सेयर  २०० भन्दा कम रहेको छ ।

जनता बैंकको प्रतिकित्ता सेयर  १६२, सेञ्चुरी कर्मसिएल बैंककोसेयर प्रतिकित्ता  १७७ र सिभिल बैंक लिमिटेडको प्रतिकित्ता  १५० मा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको