Like us!
Follow us!
Connect us!
Watch us!

पैसा ठिक पार्नुहोस्, चैतमामा माथिल्लो तामाकोशीको २ अर्ब ६४ करोडको आइपिओ आउँदै

सोमबार, २८ फागुन २०७४, १२ : ०२ मा प्रकाशित

पैसा ठिक पार्नुहोस्,   चैतमामा माथिल्लो तामाकोशीको २ अर्ब ६४ करोडको आइपिओ आउँदै

अर्थ संसार, काठमाडौं– शेयर बजारमा लगातार शेयरको मूल्य घटीरहेको बेला विभिन्न जलविद्युत् कम्पनीले एक पछि अर्को गर्दै साधारण शेयर(आइपिओ) बिक्री गरिरहेका छन् ।

यसै क्रममा पछिल्लो पटक रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सिमित आइपिओ बिक्री भइरहेको छ ।

यही महिनाको ३० गतेसम्म ती कम्पनीको आइपिओ बिक्रीको समय तोकिएको छ । यसै क्रममा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनलिे पनि साधारण शेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीको तयारीअनुसार आगामी चैतको दोस्रो वा तेस्रो सातादेखि सो कम्पनीको साधारण शेयर विक्रीको तयारी गरिएको छ ।

आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई गरी रु २ अर्ब ६४ करोड ७५ लाख  बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात रु १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात रु  १ अर्ब ५८ करोड ८५ लाख बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

5aa622a64ddd8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको