Like us!
Follow us!
Connect us!
Watch us!

रंगीन फोटोकपी गरिएका दुरुस्तै हजारका नोट

आइतबार, २७ फागुन २०७४, १० : ४३ मा प्रकाशित

रंगीन फोटोकपी गरिएका दुरुस्तै हजारका नोट

अर्थ संसार, काठमाडौँ — रंगीन फोटोकपी गरेको हजार रुपैयाँ साटिदिन भनेर दुई युवाले धरानमा एक किराना पसलेलाई ठगेका छन् ।

उनीहरूले किराना पसलेबाट सजिलै पाँच सयका दुइटा सक्कली नोट लिएर भाग्न सफल भएका थिए ।धरानमा ठगीको यो नयाँ शैली अपनाउने गिरोहलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

धरान–१५ बाझोगरास्थित सहारा किराना पसलका सञ्चालक हितबहादुर बस्नेतले साँझमा आएका निलो रंगको मोटरसाइकलमा आएका दुई जनाले आफूलाई ठगेको बताए ।

उनले भने, ‘दुई जनामध्ये एक जनाले हजार रुपैयाँको नोट देखाउँदै ‘खुद्राको अभावले आपत परेको’ भन्दै खुद्रा बनाइदिन भनेपछि आफूले पाँच सयको दुइटा नोट दिएर पठाएको केही बेरपछि ठगिएको थाहा पाएँ ।’

युवाहरूले पाँच सयका दुई नोट पाएलगतै हतारहतार मोटरबाइकमा चढेर हुइँकिएको कान्तिपुरमा समाचार छ ।  उनीहरूले दिएको हजारको नोट रंगीन फोटोकपी गरिएको कागजको हो ।

हजारको नोटको दुईतिरको भागलाई पालैपालो फोटोकपी गरेर दुरुस्तै देखिने गरी गमले टाँसेकाले तत्काल चिन्न नसक्दा ठगिएको बस्नेतले बताए । कागजको हजारको नक्कली नोटमा नम्बर ४०२१३९ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको