Like us!
Follow us!
Connect us!
Watch us!

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

आइतबार, २७ फागुन २०७४, १० : २७ मा प्रकाशित

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

अर्थ संसार, उर्लाबारी, मोरङ– मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २ः३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ ।

उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको