Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्यारेन्सको शेयर किन्दा फाइदा कि घाटा, हेरौँ, प्राविधिक विश्लेषण

आइतबार, २७ फागुन २०७४, ०८ : १९ मा प्रकाशित

प्राइम लाइफ इन्स्यारेन्सको शेयर किन्दा फाइदा कि घाटा, हेरौँ, प्राविधिक विश्लेषण

अर्थ संसार, काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चालू आवको दोस्रो त्रैमासमा रू. ११ करोड ५१ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा २ सय १८ प्रतिशतले बढी हो ।

प्राइम लाइफ इन्स्यारेन्स : कम्पनी विश्लेषण (आइतवार, २७ फागुन २०७४)कम्पनीको आम्दानी ७६ प्रतिशतले बढेकाले नाफा बढेको देखिन्छ । कम्पनीले रिजर्भ कोषमा रू. ९३ करोड ४१ लाख छुट्याएको छ । सोही अवधिमा कम्पनीको चुक्तापूँजी रू. ६१ करोड २ लाख रहेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुर्‍याउन निर्देशन दिएको छ । निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि फागुन २७ गतेदेखि १ बराबर १ दशमलव ६० अनुपातमा ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ ।

फागुन १६ गतेसम्म शेयर किन्ने शेयरधनीले सो हकप्रद शेयर भर्न पाउनेछन् । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सो हकप्रद शेयर निष्कासन बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ५८ करोड ६५ लाख २० हजार पुग्नेछ ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ७ दशमलव ४० प्रतिशतबाट बढेर १८ दशमलव ८७ प्रतिशत पुगेको छ । हाल कम्पनीले बीमा कोषमा रू.५ अर्ब ५७ करोड र महा विपत्ति कोषमा रू.८ करोड २२ लाख छुट्याएको छ ।

  • कम्पनीले पुस मसान्तसम्ममा रू.१५ करोड ४८ लाख आम्दानी गर्दा रू.३ करोड ९६ लाख खर्च भएको छ ।

  • कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा यो त्रैमासमा २ सय ३३ प्रतिशतले बढेर रू.४ अर्ब ८ करोड ५४ लाख पुगेको छ । कम्पनीको आय रू.१ अर्ब ६९ करोड ४८ लाख र ब्यय रू.८३ करोड ८५ लाख छ ।

  • यो त्रैमाससम्ममा रू.१ अर्ब २ करोड २६ लाख बीमाशूल्क आर्जन गरेको छ । कुल कायम रहेको बीमा लेखको सङ्ख्या ५ लाख ३० हजार ५ सय ९१ रहेको छ ।

  • कुल जारी बीमालेखको सङ्ख्या १५ लाख ५६ हजार ६ सय ६२ पुगेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. १ करोड ६ लाख रहेको छ ।

  • कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ७६, मूल्य आम्दानी अनुपात ४५ दशमलव ८२, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ३ सय १४ दशमलव ०३ र प्रतिशेयर नेटवर्थ रू. २ सय ६६ दशमलव ५५ रहेको छ । बुधवारको मूल्य नेटवर्थको साढे २ गुणा छ ।

प्राविधिक विश्लेषण 
मैनबत्ती विश्लेषण : कम्पनीको ५६ दिनको कारोबारमा अन्तिम दिनमा सेतो मारोबोजु आकृति बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बढ्ने सङ्केत देखाउँछ । हकप्रद शेयर जारीपछि मूल्य समायोजन पछि मूल्य घटेको छ ।

आरएसआई : कम्पनीको ५६ दिनको कारोबारमा आरएसआई ओभरसोल्ड जोन (८ दशमलव ५० स्केल) मा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ ।

स्ट्याण्डर्ड डेभिएशन : कम्पनीको ५६ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ३ सय ४२ दशमलव ६५ विन्दुमा छ । उतारचढाव उच्च रहेको छ ।

मुभिङ एभरेज : कम्पनीको ५६ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । यदि हालको मूल्य रू. ६ सय ५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ७ सय मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू. ६ सय २० मा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको