Like us!
Follow us!
Connect us!
Watch us!

आस्वा लागू गर्न धितोपत्र बोर्डको सरोकारवालासँग छलफल, आगामी माघदेखि लागू गरिने

शनिबार, २५ मंसिर २०७३, ११ : ४० मा प्रकाशित

आस्वा लागू गर्न धितोपत्र बोर्डको सरोकारवालासँग छलफल, आगामी माघदेखि लागू गरिने

अर्थ संसार

काठमाडौ– धितोपत्र बोर्डले साधारण सेयर भर्दा बुझाउनु पर्ने रकम ब्यक्तिको खातामै रोकेर राख्ने प्रणाली (आस्बा) कार्यान्वयन सम्बन्धमा नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, नेपाल बैंकर एशोसियशन, डेभलेपमेन्ट बैंकर एशोसियशन, नेपाल मर्चेण्ट बैंकर एशोसियशन, नेपाल ब्रोकर एशोसियशन, नेपाल लगानीकर्ता फोरम, लगानीकर्तालगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

उक्त कार्यक्रममा बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र बजार विकास तथा विस्तारका विभिन्न कार्यहरु बोर्डको अग्रसरतामा भइरहेकोमा आस्बा प्रणाली लागू गरिनु बजार सुधारको महत्वपूर्ण पाइला भएको बताए । उनले धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो, छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताले सहज रुपमा धितोपत्र खरिद गर्नसक्ने व्यवस्था गर्ने उद्देश्यले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ जारी गरी आस्बा प्रणाली आगामी माघ १ देखि लागू गर्न लागेको जानकारी दिए । 

अध्यक्ष कार्कीले उक्त प्रणाली कार्यन्वयनमा कुनै समस्या नआओस् भनेर स्टक एक्सचेन्ज, सिडिएससी, बैंकर, मर्चेण्ट बैंकर, ब्रोकर, लगानीकर्ता सबैको प्रतिक्रिया तथा सुझाव लिन अन्तरक्रिया कार्यक्रम गरिएको बताए । 

बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले आस्बा प्रणालीको अवधारणा, धितोपत्रको सार्वजनिक निष्काशनका विद्यमान समस्याहरु, आस्वा प्रणालीको फ्लोचार्ट, विशेषता तथा सकारात्मक पक्ष, उक्त प्रणाली लागू गर्न भएका पहल, चुनौती तथा अन्य विभिन्न पक्षहरुको विषयमा जानकारी दिंएका थिए । उनले हाल धितोपत्र निष्काशन गरी सूचीकरण तथा कारोवार गर्न ६ महिना लागिरहेकोमा आस्बा प्रणालीको कार्यान्वयन पश्चात उक्त कार्य २ महिनामा नै सम्पन्न भई धितोपत्र बजारले थप गति लिने प्रष्ट्याए । 

सिडिएससीका प्रमुख सञ्चालन अधिकृत सुरेन्द्रराज वाग्लेले आस्बाको कार्यान्वयनमा सिडिएससीको भूमिका तथा नेपाल बैंकर एशोसियशनका कार्यकारी सदस्य भुवन दाहालले आस्बा प्रणालीमा बैंक तथा वित्तीय संस्थाको भूमिका र नेपाल मर्चेण्ट बैंकर संघका अध्यक्ष प्रविणरमण पराजुलीले आस्बा प्रणालीमा मर्चेण्ट बैंकरको भुमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

यो पनि पढ्नुहोस्

यसकारण उचालिन्छ सेयर बजार, डा.प्रमोद केसीले देखेका १७ आधार

एउटै शेयरबाट १० बर्षमा ९० हजार प्रतिशत प्रतिफल, २.०८ रुपैयाँको सेयर बढेर १९०४ रुपैयाँ

धितोपत्र बोर्डको नयाँ मापदण्डले ककसको हकप्रद र एफपिओ रोकियो ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको