Like us!
Follow us!
Connect us!
Watch us!

बदलिदो सरकारसँगै बदलिदो शेयर बजार

विहीबार, २४ फागुन २०७४, ११ : ४४ मा प्रकाशित

बदलिदो  सरकारसँगै बदलिदो शेयर बजार

वर्तमान सन्दर्भमा नेपालमा पू्ँजीबजारको विकास सुस्त गतिमा अघाडी बढेको छ । भौतिक रूपको प्राथमिक निस्कासनको कारोबारलाई सि–आस्वा प्रणालीको माध्यमबाट अन्लाइनमार्फत श्रम र समयको बचत गर्नेगरी थालनी गरिएको छ ।

यसले बजारलाई प्रविधिमैत्री बनाएको छ । लामो समयदेखि रहेको राजनितिक अस्थिरता र अस्थायी सरकारको अन्त्य भइ मुलुक नयाँ युगमा प्रवेश गरेको छ । यो स्थिरताले देशलाइ आर्थिक गतिविधिमा तिव्रता एंवम् टेवा पुर्याउने विश्वास जनतामाझ रहेको पाइन्छ ।

वर्तमान अवस्थामा बजारमा देखिएको तरलता अभाव, अनलाइन प्रणालीमा ढिलाई, गैरआवसीय नेपालीहरू बजार भित्रिन, बैँकलाई ब्रोकर लाइसेन्स दिने, आदि समस्याको समाधान पूर्णरूपले हुने विश्वास छ ।

यससँगै पूँजीबजारमा दिर्घकालिन विकासको बाटो खुल्ने छन् । देशले नयाँ अर्थमन्त्री डा.युवराज खतिवडालाई चयनगर्दा दिगो आर्थिक विकासको अ‍ौपचारिक नीति तथा योजनाहरू सार्वजनिक भएपश्चात् बजारमा लगानीमैत्री वातावरणको सिर्जना हुने छ ।

वर्तमान अवस्थामा बजारमा देखिएको तरलता अभाव, अनलाइन प्रणालीमा ढिलाई, गैरआवसीय नेपालीहरू बजार भित्रिन, बैँकलाई ब्रोकर लाइसेन्स दिने, आदि समस्याको समाधान पूर्णरूपले हुने विश्वास छ । त्यसको साथै निजी स्टक एक्स्जेन्ज, निजी कर्पाेरेटको बजारमा आगमन जसले बजारलाई विविधिकरण बनाउने जस्ता मूलधारणाहरू बजारको विकासमा एजेन्डा बन्नेछन् ।

त्यस्तै मुलुक सङघीय प्रणालीमा जाँदा हरेक प्रदेशमा नेप्से तथा ब्रोकरको शाखा विस्तारको कार्य अघाडी बढ्दा बजार देशव्यापी बन्ने छ । यसले बजारमा पूँजीकरण मात्र नबढाई तरलताको अभावपनि हटाउने छ । त्यस्तै बजारमा टर्नवोवर बढ्न गई सम्रग नेप्सेको सूचक बढ्ने छ ।

त्यसैगरी जनमानसमा शेयर तथा वित्तिय ज्ञान र व्यवस्थापनलाई उजागर बनाउनुपर्ने पक्षमा धितोपत्र र्बोड र नेप्सेले सहकार्य गर्नुपछ ।

नेप्सेको आवश्यक सुधार, अनलाइन ट्रेडिङको पूर्णलागु भएपश्चात् बजार प्रविधिमैत्री बन्ने छ । 

सेयर बजारको ज्ञान देशव्यापी बनाउन विभिन्न तालिम तथा जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ , जसले, बजारलाई समसामयिक बनाउँदा लगानीलाई उच्च सफलतामा पु्र्याउने अभिलाषा बोकी बजारलाई नँया युगमा प्रवेश गराउन विस्वशत रहेका सबै लगानीकर्ताको  अपेक्षा रहेको छ ।

आउने जेठमा नँया आर्थिक बजेट पेश गरेपछि देशमा नँया आर्थिक नीतिनियमहरू लागू हुनेछन् । त्यस्तै नेप्सेको आवश्यक सुधार, अनलाइन ट्रेडिङको पूर्णलागु भएपश्चात् बजार प्रविधिमैत्री बन्ने छ । 

जसले बजारलाई सकरात्मक प्रभाव पार्नेछ । यी विषयहरू सटिकरूपले कार्यन्वयनमा आउँदा सम्रग बजारमा दिगो सुधार देखिनेछ ।

यो समय बजारमा चासो राख्ने  र  भित्रिन  मनगर्ने  सबै इच्छुक महानुभावहरूले ब्लुचिप कम्पनीहरूको शेयर सस्तै मूल्यमा खरिदगर्ने मौका देखिएको छ । दिगो आधारभूत विश्लेषणमा विश्वस्त रहने सम्पूर्ण लगानीकर्ताहरूको भविश्य उज्जवल देखिन्छ ।

                            लेखक बजारको जिज्ञासु हन् ।                                                                  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको