Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली जुत्तामा किनमेल गर्दा केबलकारको टिकट

बुधबार, १२ असोज २०७३, १३ : ०९ मा प्रकाशित

नेपाली जुत्तामा किनमेल गर्दा केबलकारको टिकट

अर्थ संसार
काठमाडौं–स्वदेशी ब्राण्डका जुत्ता बिक्रि गर्ने चेन स्टोर नेपाली जुत्ता घरले बडा दशै तथा तिहारलाई लक्षित गरि ‘स्क्रयाचमा केबल कार, बम्परमा आईफोन उपहार’ नामक उपहार योजना ल्याएको छ ।

यस उपहार योजनाअन्र्तगत प्रत्येक जोर जुत्ता तथा चप्पलको खरिदमा उपभोक्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन । त्यसमार्फत ५ देखि ५० प्रतिशत छुट वा ७५ देखि ५ हजारसम्म नगद पाउने छन् । यसै गरी चन्द्रागिरी केबल कारको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन ।

यस योजनामा बम्पर उपहारको समेत व्यवस्था गरिएको जुत्ता घरले जनाएको छ । उपहार योजनाको अन्त्यमा हुने बम्पर उपहारमा योजना अवधिभरमा सहभागी भएका उपभोक्ताहरुबाट बम्पर लक्की ड्रमार्फत ७ जनालाई आईफोन, २ जनालाई ल्यापटप प्रदान गरिनेछ । नेपाली जुत्ता घरमा नेपाली ब्राण्डेड जुत्ता कम्पनीहरुको सहभागिता छ ।

यसमा शिखर, बिएफडियर हिल, स्काई, कोशेली, क्रसरोड, लेदर विङ्गस्, टाकुरा, सफटच, शूल्याण्ड र ईजिलगायतका ब्राण्डका जुत्ता चप्पलहरु उपलब्ध छन् । जुत्ताघरमा सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज÷स्कुल र लेडीज सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कम्पनीहरुले चाडपर्वलाई ध्यानमा राखि उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पलहरु समेत नेपाली जुत्ताघरमा बिक्रि वितरणका लागि राखिएको छ । कम्पनीको राष्ट्रिय नाचघर जमल, महाराजगञ्ज, बुद्धमल बालाजु, नमस्ते सुपर मार्केट पूल्चोक र कुमारीपाटीमा गरी ५ वटा चेन स्टोर छन् ।
१२ असोज,०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको