Like us!
Follow us!
Connect us!
Watch us!

स्वेच्छिक अवकाश लिन आवेदन

शनिबार, १९ फागुन २०७४, ०८ : ०४ मा प्रकाशित

स्वेच्छिक अवकाश लिन आवेदन

अर्थ संसार, रसुवा–जिल्लाका २७ कर्मचारीले स्वेच्छिक अवकाश लिन आवेदन दिएका छन् ।

प्रजिअ चोमेन्द्र न्यौपानेका अनुसार स्वेच्छिक अवकाश लिन आवेदन दिएका कर्मचारीमा राजपत्राङ्कित तृतीय श्रेणीका चार तथा राजपत्र अनाङ्कित प्रथम तहका दुई, द्वितीय तहका दुई एवं तृतीय श्रेणीका एक र श्रेणीविहीन १८ जना छन् ।

आवेदन दिनेमा भन्सार, जिल्ला प्रशासन, कृषि, पशुसेवा, हुलाक, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, शिक्षा, स्वास्थ्य, खानेपानी र सिंचाइ कार्यालयअन्तर्गतका कर्मचारी रहेको बताइएको छ । जिल्लामा कार्यरत कर्मचारी करीव २०० जना छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको