सोमबार, २४ मङि्सर २०७५, ०७ : ४४
सिएमए र अहेबका लागि अबको बाटो के ?
शुक्रबार, १८ फागुन २०७४

 

नेपाल पहाडै पहाडले बनेको संघिय मुलुक हो । नेपालका हरेक गाउँ बस्ती अभावै अभावले ग्रसित छन । नेपालको संविधानमा शिक्षा,स्वास्थ्य र रोजगारलाई मौलिक अधिकारमा समावेश गरिएको छ । तर,  पनि आम नेपालीहरु त्यसको महशुस गर्न पाईरहेका छैनन् ।

नेपालको स्वास्थ्य सूचांकलाई न्यूनिकरण गर्ने जिम्मा ग्रामिण तहमा रहेका हामी सि.एम.ए/अ.हे.ब तथा सि.अ.हे.ब स्वास्थ्यकर्मीहरुको काँधमा रहेको छ । तर,  विडम्बना नीति नियम बनाउने नेपालका नीति निर्माताहरु शहरका घुम्ने कुर्सीमा बसेर पनि हामीले नेपालको स्वास्थ्य सूचांकलाई माथी उठाएका छौँ भन्छन । 

  नेपालको स्वास्थ्य अवस्था तिव्र गतिमा सुधार भएको भाषण गर्छन । तर, म गौरबका साथ भन्छु– नेपालमा हामी सि.एम.ए\अ.हे.ब तथा सि.अ.हे.ब स्वास्थ्यकर्मीहरु हाम्रो देशको स्वास्थ्य स्थिती एकदमै दर्दनाक र नाजुक अवस्थामा हुने निश्चित थियो । र हाल पनि त्यो अवस्था जीवितै छ ।  कारण नीति निर्माता नै हुन ।

जसले  नीति बनाउँदा नेपाल भरीका करिब ९२ हजार सि.एम.ए\अ.हे.ब तथा सि.अ.हे.ब स्वास्थ्यकर्मीहरुको अधिकार बञ्चित मात्रै गरेनन् । करिब ३ करोड नेपालीहरुको स्वास्थ्य मौलिक अधिकार पनि खोसी दिएका छन ।  यस्तो गहन र गम्भिर जिम्मेवारी पाएका हामी सि.एम.ए\अ.हे.ब तथा सि.अ.हे.ब स्वास्थ्यकर्मीहरुको अधिकार सुरक्षित हुन पनि जरुरी रहेको छ ।

करिब १ वर्षमा २३\२४ हजार सि.एम.ए÷अ.हे.ब तथा सि.अ.हे.ब स्वास्थ्यकर्मीहरुको उत्पाद गर्ने, अनि खपत नगर्ने हो भने अबको स्वास्थ्य नीतिले हाल सम्म उत्पादित सि.एम.ए\अ.हे.ब स्वास्थ्यकर्मीहरुको खपत गर्नु जरुरी छ । र, जब सम्म करिब ९२ हजार सि.एम.ए\अ.हे.ब स्वास्थ्यकर्मीहरुको खपत हुँदैन । तबसम्म सि.एम.ए÷अ.हे.ब  स्वास्थ्यकर्मीहरुको उत्पादन रोक्नु पनि त्यतिकै आवश्यकता छ ।

 के डाक्टर फर्मासिष्टहरु उत्पादनले नेपालको दुर दराजका नेपालीले स्वास्थ्य सेवा पाउँछन ? के डाक्टर फर्मासिष्टहरुले नेपालको दुर्गम स्थानमा गएर सेवा गर्लान ? वा हालसम्म उत्पादित डाक्टर फर्मासिष्टहरुले नेपालको दुर्गम स्थानमा गएर सेवा दिएका छन ?

नेपालका दुर्गम स्थानमा डाक्टर फर्मासिष्टहरु भेट्टाउनु भनेको ‘‘ ढुङ्गा खोज्दा देउता भेटिए झैँ ’’ भन्नु जस्तै हो । नेपालको स्वास्थ् स्थितिको कुरा गर्ने हो भने  एउटा सि.एम.ए\अ.हे.ब तथा सि.अ.हे.ब स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र अञ्चल अस्पतालमा प्रमुखदेखि कार्यलय सहयोगीसम्मको भूमिका  निर्वाह गर्नु पर्ने बाध्यता आजको दिनसम्म पनि जीवितै रहेको छ ।

तर स्वास्थ्य सेवा र व्यावसाय सञ्चालन गर्न नपाईने वा ओरेन्टेशन हुनु पर्ने यो कहाँसम्मको न्याय पूर्ण  स्वास्थ्य नीति हो ? यो आजको बहसको विषय हो । त्याहि स्वास्थ्यकर्मी जसले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र अञ्चल अस्पतालमा प्रमुख भएर काम गर्ने त्यसको लागि ओरेन्टेशन आवश्यक नपर्ने  तर  व्यावसाय सञ्चालन गर्न ओरेन्टेशन आवश्यक पर्ने यो कुन स्वास्थ्य नीति हो ? सरकार !

अर्काे पाटोबाट कुरा गर्ने हो भने सि.एम.ए\अ.हे.ब स्वास्थ्यकर्मीहरु सहायक पाँचौँ, छैँटौँ र सातौँ अधिकृत तहसम्मको स्वास्थ्यकर्मीहरु भएको हाम्रा आँखा अगाडि जीवितै छ ।  सि.एम.ए/अ.हे.ब स्वास्थ्यकर्मीहरुले आफु सि.एम.ए÷अ.हे.ब पास गरि त्याहाँ सम्म पुगेको यथार्थ वास्तविकतालाई भुलिसकेका वा त्यो तथ्यलाई सजिलै स्वीकार गर्न हिनता बोध गर्नुहुदो रहेछ ।

म एउटा अस्थायी अ.हे.ब.को रुपमा सोलुखुम्बुको शहरी स्वास्थ्य केन्द्र च्याल्सा सोलुखुम्बुमा कार्यलय प्रमुख भएर सेवा गर्दै थिँए । त्यस पछि  घरायसी बाध्यताका कारण म सोलुखुम्बु छोडेर सिन्धुली आएपछि नेपाल सि.एम.ए.संघ जिल्ला शाखा सिन्धुलीको सचिव पनि भएँ ।

सांगठनिक दायित्व निर्वाह गर्ने क्रममा सि.एम.ए. संघ तथा स्वास्थ्यकर्मीहरुको भविष्य, अधिकार र संघले दिएको जिम्मेवारीलाई आत्मासात गर्दै सि.एम.ए\अ.हे.बहरुका हक अधिकारको क्षेत्रका पहलका बारेमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुदैँ विभिन्न चरणमा छलफल, भेला राख्दा सि.अ.हे.ब अधिकृत तहका आफूँहरु फर्मासिष्ट तथा डाक्टर भन्न रुचाउने स्वास्थ्यकर्मीहरुले फरक प्रतिउत्त्तर दिनुभयो भने सि.एम.ए संघ जिल्ला शाखा सिन्धुलीको निमन्त्रणालाई बेवास्ता गर्दै चुनौती पुर्ण अभिव्यक्ति समेत दिनु भयो । 

यो आजको मात्रै नभई हिजोको पनि उहाँहरुको नियमित कार्य रहेको पाईयो ।  भने सि.एम.ए\अ.हे.ब गरेर सरकारी स्वास्थ्य सेवामा प्रवेश गरेका स्वास्थ्यकर्मीहरुले पनि आफू नेपाल सरकारको जागीरे भएकोले किन आउनु पर्यो र तपाईहरको कार्यक्रममा भन्ने अभिव्याक्ति दिनु भयो ।

डाक्टरहरु तथा फर्मासिष्टहरुलाई  पटक पटक छलफलमा बोलाउँदा नआउने तर  संघले आफ्नो अधिकार प्राप्तीको लागि गरेका विभिन्न कार्यक्रमलाई विथोल्ने तथा असफल बनाउने कार्यमा सधैँ लागि परेको तितो यर्थाथ जीवनमा संगाल्ने मौका प्राप्त भयो ।

 म सि.एम.ए. गरेको स्वास्थ्यकर्मी हुँ भन्ने स्वास्थ्यकर्मीहरुलाई सि.एम.ए./अ.हे.ब तथा सि.अ.हे.ब भएर जागीरे जीवन पछि के गर्ने ? भन्ने विषयमा गम्भीर भएर सोच्न र नेपाल सि.एम.ए स.घको सदस्यता लिन मेरो आग्रह छ । आज पेट भरीयो भोली कसरी भर्ने भनेर सोच्न पनि विनम्र अनुरोध गर्दछु ।

 तथा पी सि.एम.ए.\अ.हे.ब उत्पादनको मुख्य उद्देश्य नेपालका ग्रामिण तथा दुर्गम क्षेत्रमा औषधी उपचार गर्न र नेपाली नागरीकको स्वास्थ्य सेवामा लागि  नेपालको स्वास्थ्य सुचांकलाई सुधारोन्मुख अबस्थामा पुर्याउनु हो तर लाखौँको सङ्ख्यामा सि.एम.ए\अ.हे.ब उत्पादन गरी खाडी मुलुकमा दासी बनाउने काम नेपाल सरकारको गरी रहेको छ ।

यति ठूलो सङ्ख्यामा सि.एम.ए\अ.हे.ब उत्पादन गरी सक्दा पनि औषधी व्यावस्थापन र वितरणका लागि कानुनी रुपमा अनुमति दिएको छैन । हुन त नेपाल सरकारले नेपाल सि.एम.ए संघसंग धेरै बुँदामा   सहमती गरि सकेको छ । तर सहमती एकातिर हुदै छ भने  अर्कातिर नेपाल सरकार सि.एम.ए\अ.हे.ब स्वास्थ्यकर्मीहरु माथि दमन गरीरहेको छ ।

 ‘‘कही नभएको जात्रा हाँडी गाउमा ’ भने झैँ नेपालमा  शिक्षा शास्त्र पढेका मान्छेले शिक्षक हुनको लागि शिक्षक अनुमति पत्र लिनु पर्ने तर सि.एम.ए/अ.हे.ब पास गरेका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा प्रदान गरी रहेका रोग निदान तथा औषधी प्रेस्काईब गर्न सक्ने तृतिय श्रेणिका चिकित्सकले र्याकमा औषधी  राख्न र विक्रि वितरण गर्न ओरेनटेशन गर्नै पर्ने बाध्यत्मक प्रावधान अध्यावधिक कायमै छ ।

 ७–२१ दिने ओरेन्टेशनले लाखौँ, करोडौँको सबैखाले औषधी  विक्रि वितरण गरी रहेका मात्र नभई वि.पी. सेट तथा आला लिएर डाक्टर साहेब भई खुल्लम खुल्ला रोगको निदान समेत गर्ने गरेको हाम्रा अगाडि ताजै छ ।

के नीति नियम बनाउनेलाई थाहा छैन र ? यसमा किन रोक लगाईदैन ? यो अवस्थामा ‘दालमा केही कालो छ ’ भन्दा फरक नपर्ला ।  यदि प्राविधिक शिक्षालाई स्वारोजगार शिक्षा मान्ने तथा स्वास्थ्य र रोजगारीलाई नेपाली नागरीकको मौलिक अधिकारको रुपमा संवैधानीक व्यावस्था गर्ने हो भने  म नेपाल सरकारसँग  विनम्र अनुरोध गर्न चाहन्छु तपाई कि रोजगार दिनुस् कि स्वारोजगार भएर बाँच्न दिनुस् ।

नेपाल सरकारलाई नेपालका दुर्गम तथा ग्रामिण क्षेत्रमा भएका स्वास्थ्य समस्या समाधानमा डाक्टर, फर्मासिष्ट तथा ओरेन्टेड औषधी पसलहरु छैनन् भन्ने राम्ररी थाहा छ । 

केही वर्ष पहिला नेपालका १२ जिल्लामा फैलिएको झाडापखालाको माहामारी नियन्त्रणमा नेपाल सरकारले कानुनी मान्यता दिएका  डाक्टर, फर्मासिष्ट तथा ओरेन्टेडहरुको सहभागीता कति थियो ? यदि त्यतिबेला सि.एम.ए\अ.हे.ब स्वास्थ्यकर्मीहरु  नभएको भए नेपाल सरकारको लाज केले छोपिन्थ्यो होला ? 

आत्मीय सि.एम.ए/अ.हे.ब तथा सि.अ.हे.ब स्वास्थ्यकर्मी साथीहरु १५ महिने देखि २४ महिने कोर्ष सफल्ताका साथ सम्पन्न गरी व्यावसायमा फाईला टेक्दादेखि नै हामी हाम्रो देश र नेपाली नागरीकको स्वास्थ्य सेवामा नीजि तथा सरकारी दुबै क्षेत्रबाट मरीमेटी लागि रहेका छौँ । हामी नेपालको दुर्गम ग्रामिण क्षेत्रका नेपाली नागरीकको स्वास्थ्य सेवामा निरन्तर सर्मपित छौँ ।

हामी लाखौको सङ्ख्यामा यत्पादन भई सकेका छौँ । सरकारी जागीर पछि स्वारोजगार स्वास्थ्य सेवा सञ्चालन गर्नका लागि कहिले र कहाँ ओरेन्टेशन हुन्छ भनी पर्खिने कि स्वास्थ्य सेवा आवश्यकता परेका नेपाली नागरीकको स्वास्थ्य सेवामा लाग्ने ? सोच्ने बेला आएको छ ।

आफूले लाखौँ खर्चेर प्राप्त गरेको प्राविधिक सिपलाई जन स्वानस्थ्य सेवामा खर्चिन ओरेन्टेशनलाई  सि.एम.ए\अ.हे.ब स्वास्थ्यकर्मीहरुको भविश्य बनाईनु हुदैन ।

ओरेन्टेशन सि.एम.ए\अ.हे.ब स्वास्थ्यकर्मीहरुको भविश्य हुँदै होईन  र कसैले यसलाई विकल्पको रुपमा लिन्छ भने म र मेरो नेपाल सि.एम.ए. संघलाई  त्यो मान्य हुँदैन । नेपाल सरकारको तल्लो तहको स्वास्थ्य निकाय स्वास्थ्य चौकीदेखि सर्वाेच्च निकाय वीर अस्पतालसम्म पनि  सि.एम.ए\अ.हे.ब\सि.अ.हे.ब स्वास्थ्यकर्मीहरुको प्रमुख भुमिका रहेको यर्थाथतालाई सत्य स्वीकार गर्दै नेपाल सरकारले समयमा नै हाम्रा मागहरुको सम्बोधन गर्नै पर्छ ।

नेपालका सम्पुर्ण सि.एम.ए\अ.हे.बहरुको वैकल्पीक बाटो खोज्नु पर्छ, नत्र  अझै पनि ओरेन्टेशनलाई सि.एम.ए\अ.हे.बहरुको भविश्य वा विकल्प बनाईन्छ र प्राविधिक तथा व्यावसायीक  शिक्षालाई खाडीमा दाशी बनाईन्छ भने देश चलाउन ठेक्का पाएका राजनीतिक ठेकेदारहरु तपाईहरुले सिकाएका आन्दोलन नेपाल सि.एम.ए.संघले  अनिवार्य रुपमा ग्रहण गर्नु पर्नेछ । त्यसैको एउटा काष्टिङ्ग हो २०७४ साल कार्तिकमा मन्त्रालयमा भएको शान्तीपुर्ण आन्दोलन ।

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved