Like us!
Follow us!
Connect us!
Watch us!

तोकिएकै समयमा सक्न यसरी हुँदैछ, मध्यमस्र्याङदीको मर्मत

आइतबार, १३ फागुन २०७४, १६ : ०९ मा प्रकाशित

तोकिएकै समयमा सक्न यसरी हुँदैछ, मध्यमस्र्याङदीको मर्मत

अर्थ संसार, काठमाडौं– लमजुङस्थित ७० मेगावाट जडित क्षमताको मध्यमस्र्याङदी जलविद्युत केन्द्रको  बाँधको देब्रेतिर र विद्युत गृहको मर्मत तिब्ररुपमा भइरहेको छ ।

बाँधको देब्रेतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मत शुक्रबारबाट सुरु भएको हो ।

पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’ लगाउने काम धमाधम भइरहेको छ । यो काम गर्नका लागि दैनिक चार सय मजदुर परिचालित रहेको केन्द्रले जनाएको छ । काम २४ सै घण्टा भइरहेको छ ।

मर्मत भइरहेकाले १० फागुन विहीबार राती ११ बजेबाट केन्द्रबाट विद्युत उत्पादन बन्द छ । केन्द्रले मर्मतको काम १७ फागुन विहीबार राती ११बजेसम्ममा सक्ने गरी भार प्रेषण केन्द्र ९एलडिसी०बाट सट डाउन पाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानले शनिबार केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम सक्न निर्देशन दिनु भएको छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युतको माग बढी हुने साँझ र विहान (पिकआवर) मा ७० मेगावाट विद्युत उत्पादन हुने मध्यमस्र्याङदी  बन्द हुँदासमेत आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपरेको बताउनु भयो ।

‘वैकल्पिक व्यवस्थाकोरुपमा कुलेखानी चलाएर विद्युत आपूर्ति गरिरहेका छौं, मर्मतको काममा ढिलाई गर्नु भयो भने कुलेखानीको जलाशयको पानी घट्ने हुँदा विद्युत व्यवस्थापनका लागि चाप पर्छ’, उहाँले केन्द्र व्यवस्थापन र ठेकेदारलाई निर्देशन दिंदै भन्नु भयो, ‘एक दिन अघि सकिदिनु भयो भने धेरै काम गर्छ यसको ठूलो भूमिका रहन्छ,त्यसैले काम छिट्टो गर्नुहोस्, तोकिएकै समयमा काम सक्नुहोस् ।’

उहाँले मध्यमस्र्याङदी बन्द हुँदा प्रणालीमा कुनै समस्या नआए र  विद्युत आपूर्ति अवरुद्ध नभएको जानकारी दिनु भयो ।विद्युत गृहमा रहेको एउटा युनिटको बृहत मर्मत पनि ६ फागुनबाट भइरहेको छ । विद्युत गृहमा ३५/३५ मेगावाटका दुई युनिट छन् ।

केन्द्र प्रमुख पशुपतिराज गौतमकाअनुसार, २३ फागुनभित्रमा  दुवै युनिट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।  अहिले सबै काम तय गरिएको तालिकाअनुसार नै भइरहेकाले तोकिएकै समयमा काम सकिने  बताउनु भयो । युनिटको मर्मतका लागि दैनिक ५० कर्मचारी खटिएका छन् ।

केन्द्रको जलाशयमा थुप्रिएको बालुवा निकाल्ने काम पनि धमाधम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र बेसीसहर नगरपालिकासँग समन्वय गरी केन्द्रले बोलकबोलमार्फत बालुवा निकाल्ने ठेक्का दिएको छ ।  गौतमले बाालुवाको बिक्रीबाट करिव १८ लाख रुपैयाँ आम्दानी हुने जानकारी दिनुभयो ।

केही रकम जिल्ला समन्वय समिति र नगरपालिकालेसमेत पाउने छन् । यसबाट केन्द्रलाई एकातर्फ आम्दानी पनि भएको छ भने अर्कोतर्फ जलाशयको भण्डार क्षमतामासमेत बृद्धि हुने देखिएको छ ।

गौतमले भन्नुभयो,‘बालुवा निकालिएपछि जलाशयको भण्डार क्षमता बढ्छ, जसले गर्दा विद्युत उत्पादनमा बृद्धि हुन्छ ।’ बाँधको संरचनालाई असर नपर्ने र सुरक्षा व्यवस्था आफैं गर्ने गरी केन्द्रले बढी रकम कबोल गर्ने कम्पनीलाई बालुवा निकाल्ने जिम्मा दिएको हो ।

 

5a92926333be7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको