Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम सि-आस्वा लागू गर्दै बैंक तथा वित्तीय संस्था

आइतबार, १३ फागुन २०७४, १३ : १० मा प्रकाशित

धमाधम सि-आस्वा लागू गर्दै बैंक तथा वित्तीय संस्था

अर्थ संसार, काठमाडौं– शुक्रबारदेखि अनिवार्य रुपमा लागू भएको सिआस्वा प्रणालीलाई सीआस्वा पूर्णरुपमा कार्यान्वयनमा आएसँगै बैक तथा वित्तीय संस्थाले पनि धमाधम सीआस्वा सुरु गरेका छन् ।

बैंकमा खाता सञ्चालन गरिरहेका सेवाग्राहीलाई सहज रुपमा सेयर आवेदन गर्न सकुन भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले सिआस्वा प्रणाली सुरु गरेका हुन् ।

अब हुने सेयरको सार्वजनिक निष्काशनको दरखास्त अनिवार्य रुपमा सिआस्वाबाट गर्नुपर्ने हुन्छ ।

बैंकमा खाता सञ्चालन गरिरहेका सेवाग्राहीलाई सहज रुपमा सेयर आवेदन गर्न सकनु भन्ने हेतुले सिआस्वा सुरु गरिएको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिम फागुन ११ अर्थात शुक्रबार देखि सिआस्वा प्रणाली पूर्णरुपमा कार्यान्वयनमा आइसकेको छ ।

अब हुने सेयरको सार्वजनिक निष्काशनको दरखास्त अनिवार्य रुपमा सिआस्वाबाट गर्नुपर्ने हुन्छ । यही अवधिलाई ध्यानमा राख्दै बैंकहरुले धमाधम सिआस्वा सेवा सुरु गरेका छन् ।

अनलाइन आवेदन गर्नेकाले मेरो सेयरका लागि हितग्राही खाता खोलेको निक्षेप सदस्यकोमा सम्पर्क गर्नुपर्ने हुन्छ । उक्त निक्षेप सदस्यले दिएको लग इन आईडी तथा पासवर्डबाट मेरो सेयरमा लग इन कुनै पनि बैंकमा खाता रहेका सेयर धनीले बैंकले उपलव्ध गराएको सिआरएन नम्वर राखेर सेयर आवेदन गर्नुपर्नेहुन्छ ।

सि आस्वाबाट सेयर आवेदन गर्न बैंकका खातावालाले रिजष्ट्रसन नम्वर अर्थात सिआरएन लिनुपर्ने हुन्छ । यसका लागि बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । एक पटक स्आिरएन नम्वर लिएपछि प्रत्येक पटक सेयर आवेन गर्दा उक्त सिआर एन नम्वर साथमा हुनुपर्छ ।

अनलाइन आवेदन गर्नेकाले मेरो सेयरका लागि हितग्राही खाता खोलेको निक्षेप सदस्यकोमा सम्पर्क गर्नुपर्ने हुन्छ । उक्त निक्षेप सदस्यले दिएको लग इन आईडी तथा पासवर्डबाट मेरो सेयरमा लग इन कुनै पनि बैंकमा खाता रहेका सेयर धनीले बैंकले उपलव्ध गराएको सिआरएन नम्वर राखेर सेयर आवेदन गर्नुपर्नेहुन्छ ।

नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिम बैक तथा वित्तीय संस्थो आफ्ना लगानीकर्तालाई सिआस्वा प्रणालीमा आवद्ध हुन आग्रह गरिहेको छ ।

के हो सिआस्वा सेवा ?

लगानीकर्ताले अनिवार्य सीआस्वा प्रणाली लागू भएपछि आफनो खाता रहेको बैकमा गएर बैक खात र हितग्राहि खाता रुजु गराउनुपर्ने हुन्छ । यसपछि सी आस्वा रजिस्ट्रेसन नम्बर अर्थात सी आरएन नम्बर प्राप्त हुन्छ ।

एकपटक आफनो खाता रहेको बैंकबाट सी आरएन नम्बर प्राप्त गरेपछि सीडीएससीको अनलाइन वेवसाइटमा गएर आवेदन गर्न सक्नेछन् ।

एकपटक आफनो खाता रहेको बैंकबाट सी आरएन नम्बर प्राप्त गरेपछि सीडीएससीको अनलाइन वेवसाइटमा गएर आवेदन गर्न सक्नेछन् ।अहिले अधिकांस बैंकको वेवसाइटमा गएर सीधै आस्वा प्रणालीमाफर्त सेयरमा आवेदन दिन सकिन्छ ।

अनलाईन आस्वा प्रणालीबाट  सेयर आवेदन गर्दा तपाइले धितोपत्र बार्डबाट निक्षेप सदस्य लिएका कुनै पनि निक्षेप सदस्य कहाँ शेयर अभौतिक रुपमा जम्मा गर्ने खाता (डिम्याट एकाउन्ट) खोलेको हुनुपर्छ भने आवेदन गर्ने बैंकमा आवेदन गर्ने मैंज्दात रकम समेत बैंकमा हुनु आवश्यक छ ।

 अहिलेसम्म सिआस्वा लागू गर्ने बैक तथा वित्तीय संस्थाहरु

5a926568a5525.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको