Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको शेयर आजदेखि विक्रीमा, यहाँबाट आवेदन दिनुहोस्

आइतबार, १३ फागुन २०७४, ०८ : ४७ मा प्रकाशित

एशियन लाइफको शेयर आजदेखि विक्रीमा, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं–  आजदेखि एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर  विक्रीमा खुल्ला भएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ५० प्रतिशतका दरले ४० लाख २७ हजार ९ सय ६६ दशमलव २० कित्ता हकप्रद शेयर चैत १८ गतेसम्म विक्रीमा ल्याउन लागेको हो ।

माघ ८ गते हकप्रदका लागि बुक क्लोज गरेकाले माघ ७ गतेसम्म शेयर स्वामित्व हुने सदस्यहरुले आवेदन दिन सक्नेछन् ।

आवेदनका कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड, एशियन लाइफ इन्स्योरेन्सका सम्पूर्ण शाखाहरु र आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरुबाट दिन सकिनेछ ।

पूँजी वृद्धिका लागि हकप्रद जारी गर्न लागेको एशियनको हाल  ८० करोड ५५ लाख ९३ हजार चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी  १ अर्ब २० करोड ८३ लाख ८९ हजार पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको