Like us!
Follow us!
Connect us!
Watch us!

हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान आजबाट शुरु

शनिबार, १२ फागुन २०७४, १० : २२ मा प्रकाशित

हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान आजबाट शुरु

अर्थ संसार, काठमाडौं– सरकारले हात्तीपाइलेरोगविरुद्धको आम औषधि सेवन अभियान आजबाट सुरु गरेको छ ।

अभियान १४ फागुनमा सम्पन्न हुनेछ । औषधि सेवन कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले विभिन्न निकायले भ्रामक प्रचारप्रसार गर्दै आए पनि कसैको प्रभावमा नपरी ढुक्क भएर औषधि सेवन गर्न सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलमेजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यका अनुसार हात्तीपाइलेरोगविरुद्धको औषधि सेवनबाट कुनै समस्या पर्दैन ।

नेपालमा सन् ००३ देखि आम औषधि सेवन अभियान हुँदै आएको छ । उनले भने, ‘हात्तीपाइलेरोगविरुद्धको औषधि सेवनकै कारण कसैले पनि ज्यान गुमाएका छैनन् ।’

१० करोड औषधि सेवन सकियो

सन् ००३ देखि नेपालमा सुरु भएको हात्तीपाइलेरोगविरुद्धको आम औषधि सेवन कार्यक्रम ०१७ सम्म आइपुग्दा १० करोड मात्रा औषधि प्रयोग भइसकेको छ ।

निर्देशक आचार्यका अनुसार यसपटक २४ जिल्लाका ९१ लाख ५४ हजार जनतालाई लक्षित गरि हात्तीपाइलेरोगविरुद्धको औषधि खुवाइने भएको छ । हात्तीपाइलेका कति बिरामी छन् भन्ने एकीन तथ्यांक नभए पनि सरकारले सम्भावित जिल्ला तय गरेर हरेक वर्ष औषधि सेवन गराउँदै आएको छ ।

अभियान सफल बनाउन सरकारले ८ हजार ५ सय ५७ जना स्वास्थ्यकर्मी र ४४ हजार ५ सय २४ जना स्वयंसेवक परिचालन गरेको छ । २४ जिल्लाका लागि ३८ करोड ३५ लाख २१ हजार बजेट विनियोजन भएको निर्देशक आचार्यले बताए ।

यस्ता व्यक्तिले मात्रै औषधि सेवन गर्ने

आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लामा बसोवास गर्ने र अन्य औषधि सेवन गर्न मिल्ने सबै व्यक्तिले औषधि सेवन गर्न सक्नेछन् । औषधि सेवन गरेकै भरमा कुनै समस्या हुनेछैन ।

औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा

  • हात्तीपाइलेको औषधि खाली पेटमा खानुहुँदैन ।

  • शरीरमा हात्तीपाइलेरोगको परजीवी भएका व्यक्तिमा हात्तीपाइलेरोगविरुद्धको औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाक्वाकी लाग्ने तथा पेट दुख्ने हुन सक्छ ।

  • यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दै छ भन्ने बुझ्नुपर्छ ।

  • ती लक्षण केही घन्टाभित्रमा आफैँ हराएर जान्छन् ।

केही गरी ती लक्षण लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

हात्तीपाइलेरोगको अवस्था

  • हाल ५२ देशका ८५.६ करोड मानिस हात्तीपाइलेको जोखिममा छन् ।

  • सन् २००० सम्म १२ करोड मानिस संक्रमित तथा ४ करोड मानिस अंगभंग भएका छन् ।

  • हालसम्म ४९.९ करोड मानिसले पूर्ण उपचार पाएका छन् । ६७ अर्ब मात्रा औषधि खुवाइएको छ ।

  • दक्षिण पूर्वी एसियाका ११ मध्ये ९ देशमा यो रोगको जोखिम छ ।

  • संसारभर जोखिममा रहेका मध्ये ६५ प्रतिशत मानिस यिनै ९ देशमा छन् ।

नेपालको लक्ष्य

  • सन् २०२० सम्म हात्तीपाइलेरोगलाई जनस्वास्थ्य समस्याका रूपमा रहन नदिने

  • सन् २०१४ सम्म सबै जिल्लामा आम औषधि सेवन अभियान सुरु गरिसक्ने ।

औषधि सेवन गरिने जिल्ला

पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको