Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा एडीबीको साढे २ खर्ब लगानी

शुक्रबार, ११ फागुन २०७४, १४ : ५३ मा प्रकाशित

नेपालमा एडीबीको साढे २ खर्ब लगानी

अर्थ संसार, काठमाडौं–  नेपालमा आफ्नो लागतका करिब साढे २ खर्ब रुपैयाँ (२.४ बिलियन अमेरिकी डलर) का आयोजना सञ्चालनमा रहेको प्रमुख दातृ निकाय एसियाली विकास बैंक (एडीबी) ले जनाएको छ ।

एडीबीले सन् २०१७ को अन्त्यसम्म आफू मातहत ३५ आयोजना सञ्चालनमा रहेको बताएको हो ।

शुक्रवार सार्वजनिक गरिएको प्रकाशन ‘नेपाल पोर्टफोलियो पर्फमेन्स रिभ्यु -२०१७’ अनुसार बैंकको सात क्षेत्रमा लगानी छ ।

यसअनुसार सबैभन्दा ठूलो लगानी शहरी तथा खानेपानीका क्षेत्रमा गरेको एडीबीले बताएको छ । उक्त क्षेत्रमा एडीबीले ७६ अर्ब १० करोड रुपैयाँ 9७६१ मिलियन डलर) लगानी गरेको छ । नेपालमा बैंकले गरेको कुल लगानीमा यो ३१ प्रतिशत हो ।

त्यस्तै, उर्जामा करिब ६० अर्ब १० करोड रुपैयाँ (६०१ मिलियन डलर) लगानी भएको छ ।

हाल एडीबी अन्तर्गत यातायातमा ४५ अर्ब ३० करोड रुपैयाँ (४५३ मिलियन डलर), कृषि तथा प्राकृतिक स्रोतमा २३ अर्ब रुपैयाँ ९२३० मिलियन डलर० र पुनर्निर्माणमा २० अर्ब ३० करोड रुपैयाँ ९२०३ मिलियन डलर० लागतका आयोजनाहरू सञ्चालित छन् ।

शिक्षामा १४ अर्ब १० करोड रुपैयाँ ९१४१ मिलियन डलर० र अन्यमा पाँच अर्ब रुपैयाँ ९५० मिलियन डलर०का आयोजना सञ्चालनमा रहेको एडीबीले बताएको छ ।

आफू अन्तर्गतका हाल नेपालमा १८ आयोजना कार्यान्वयनको चरणमा रहेको एडीबीले जनाएको छ । त्यसमा सबैभन्दा धेरै शहरी तथा खानेपानीमा ५० अर्ब चार करोड रुपैयाँ (५०४ मिलियन डलर), उर्जामा ३९ अर्ब २० करोड रुपैयाँ (३९२ मिलियन डलर) र शिक्षामा ३४ अर्ब ४० करोड रुपैयाँ (३४४ मिलियन डलर) लगानी रहेको छ ।

त्यस्तै, यातायातमा १८ अर्ब २० करोड रुपैयाँ (१८२ मिलियन डलर), कृषि तथा प्राकृतिक स्रोतमा पाँच अर्ब ४० करोड रुपैयाँ ९५४ मिलियन डलर० र अन्यमा ५० करोड रुपैयाँ (पाँच मिलियन डलर) लगानी रहेको एडीबीले बताएको छ ।

त्यस्तै पाँच वटा आयोजना सुरुवाती चरणमा रहेको एडीबीले जनाएको छ । विभिन्न १२ वटा आयोजना भने सम्पन्न हुने अन्तिम चरणमा रहेको एडीबीले आफ्नो प्रकाशनमा उल्लेख गरेको छ ।

हाल नेपालमा सञ्चालित आयोजनामध्ये २९ आयोजना ऋण र १८ आयोजना सहायतामा आधारित छ । सञ्चालित आयोजनामध्ये ६२ प्रतिशतकोमात्र ठेक्का लागिसकेको छ ।

त्यसको प्रक्षेपित लागत एक खर्ब ५१ अर्ब रुपैयाँ (१५१३ मिलियन डलर) छ । तर, ३८ प्रतिशत आयोजनामामात्र रकम विनियोजन भएको छ । त्यसको लागत ९१ अर्ब ६० करोड रुपैयाँ (९१६ मिलियन डलर) छ ।

पछिल्ला वर्षहरूमा आयोजनाको कामले गति लिएको तर त्यसको प्रगति अपेक्षित नभएको एडीबीको भनाइ छ ।

नेपालमा आफ्नो सचिवालय खोलेको सन् १९६९ यता पाँच खर्ब ३० अर्ब रुपैयाँ ९५।३ बिलियन डलर० सहायता प्रतिवद्धता गरेको एडीबीले जनाएको छ ।

एडीबीले सन् २०१७ मा नयाँ आयोजनाका लागि ४२ अर्ब १० करोड रुपैयाँ ९४२१ मिलियन डलर० लगानी गरेको थियो ।

सन् २०१७ मा आफू माताहतका आयोजनाको प्रगति ८२ प्रतिशत रहेको एडीबीले जनाएको छ । आफूमाताहत सञ्चालित विभिन्न १२ आयोजनामा ढिलाई भइरहेको प्रतिवेदनमा उल्लेख छ । यसमा हवाई क्षेत्रका २, उर्जाका ३, शहरी तथा खानेपानीका २, सडक यातायातका २, शिक्षाका र वित्तीय क्षेत्रका १र१ छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको