Like us!
Follow us!
Connect us!
Watch us!

खनाल इरानको राजधानी तेहरान प्रस्थान

शुक्रबार, ११ फागुन २०७४, १४ : ३१ मा प्रकाशित

खनाल इरानको राजधानी तेहरान प्रस्थान

अर्थ संसार, काठमाडौं – विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधार श्रमिकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासघं (डव्लु. एफ. टि.यु.) को प्रेसिडेन्सियल काउन्सिलको यही फेबवरी २६ र २७ मा इरानको राजधानी तेहरानमा हुने वार्षिक बैठकमा भाग लिनका लागि उक्त महासंघका पे्रसिडेन्सीयल काउन्सिलका सदस्य तथा नेपालका संयोजक प्रेमल कुमार खनाल भाग लिन आज इरान तर्फ प्रस्थान गर्नु भएको छ ।

उक्त बैठकममा विश्वभरका श्रमिकहरुले भोगिरहेका समस्याका साथै विभिन्न देशमा संचालनमा भएका आन्दोलनका बारेमा समिक्षा हुनुको साथै सन २०१८ का लागि वार्षिक कार्ययोजना पारित गर्ने कार्यक्रम रहेको छ ।

सन १९४५ अक्टोबर ३ तारिकमा स्थापना भएको यो महासंघमा विश्वभरका १० करोड श्रमिकहरु आवद्ध भएका छन् । नेपालबाट पेशागत महासंघ नेपाल लगायत ८ वटा ट्रेड युनियन महासंघ आवद्ध रहेका छन् ।

विश्व ट्रेड युनियन महासंघले मूलत : विश्व साम्राज्यवाद र पूँजीवादले सिर्जना गरेको हत्या, हिंसा आतंक र श्रमिकमाथि गरिरहेको शोषण र विभेदको विरुद्धमा विव्वव्यापी रुपमा संघर्ष गर्दै आइरहेको छ ।

साथै यसले विश्व ट्रेड युनियन आन्दोलनलाई वर्ग समुन्वयवाद, विसर्जनवाद र अवसरवादका विरुद्ध वैचारिक संघर्ष गर्नुको साथै श्रमिक वर्गिय ट्रेड युनियन आन्दोलनको विकास र विस्तारमा जोड दिदै आएका नेपालका संयोजक प्रेमल कुमार खनालले बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको