Like us!
Follow us!
Connect us!
Watch us!

विष्णु रिमाल प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा नियुक्त

शुक्रबार, ११ फागुन २०७४, ११ : ३५ मा प्रकाशित

विष्णु रिमाल प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा नियुक्त

अर्थ संसार, काठमाडौं– मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।

बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १८ मन्त्रालय रहने पनि निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकलगत्तै अहिले नेकपा (माओवादी केन्द्र) सँगको एकता र मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ ।

 

बैठकको शुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको ६७ औँ जन्मदिनका अवसरमा केक काटिएको थियो । जन्मदिनकै अवसरमा बिहान प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतहरू आएर शुभकामना दिनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको