Like us!
Follow us!
Connect us!
Watch us!
सि–आस्बा लागू भएका बैंकबाट आवेदन दिन सकिने

रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको आइपिओ आजदेखि खुल्ला, सञ्चयकर्ता मात्र सहभागिता हुन पाउने

शुक्रबार, ११ फागुन २०७४, ०८ : २६ मा प्रकाशित

रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको आइपिओ आजदेखि खुल्ला, सञ्चयकर्ता मात्र सहभागिता हुन पाउने

अर्थ संसार, काठमाडौँ – चिलिमे जलविद्युत् कम्पनीको सहायक दुई कम्पनीको सिमित साधारण शेयर (आइपिओ) यही (आज) शुक्रबारदेखि बिक्री खुल्ला भएको छ ।

चिलिमे कम्पनीका सहायक कम्पनी रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत् कम्पनीले आजदेखि साधारण शेयर बिक्री गरेको हो ।

रसुवामा १११ मेगावाट क्षमताको रसुवागढी र ५७.३ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् ।

प्राधिकरणको चेपुवामा ‘सौर्य विद्युत् उत्पादक’ 

रसुवागढीले संचयकोषका संचयकर्ताका लागि रु १०० दरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर जारी गर्नेछ । संचयकर्ताले खरिद गर्ने सेयरबाट रु १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय उठाउने लक्ष्य छ ।

यसैगरी, सान्जेन जलविद्युत् कम्पनीले सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि रु ८७ करोड ६० लाख बराबरको ६८ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेको छ ।

विसं २०६८ मंसिरमा कायम भई गत मंसिर २६ गतेसम्म बहाल कर्मचारीले रसुवागढी र साञ्जेनको सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कहाँबाट आवेदन दिने ?

यी दुई जलविद्युत कम्पनीको साधारण शेयर (आइपिओ) आवेदन दिनको लागि सञ्यकर्ताहरुले अनिवार्यरुपमा  डिम्याट खाता नम्बर उल्लेख गर्नु पर्ने र सी—आश्वा प्रणाली मार्फत आवेदन गर्नु पर्ने व्यवस्था गरिएको छ । धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकको काम नागरिक लगानी कोषले गर्ने छ ।

5a8fc5ae6af40.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको