Like us!
Follow us!
Connect us!
Watch us!

दुई जलविद्युत कम्पनीको आइपिओ भोलीदेखि, सञ्चयकर्ताले मात्रै भर्न पाउने

विहीबार, १० फागुन २०७४, १७ : २७ मा प्रकाशित

दुई जलविद्युत कम्पनीको  आइपिओ भोलीदेखि, सञ्चयकर्ताले मात्रै भर्न पाउने

अर्थ संसार, काठमाडौँ – चिलिमे जलविद्युत् कम्पनीको सहायक दुई कम्पनीको सिमित साधारण शेयर (आइपिओ) यही शुक्रबारदेखि बिक्री खुल्ला हुने भएको छ ।

चिलिमे कम्पनीका सहायक कम्पनी रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत् कम्पनीले यही शुक्रबार अर्थात फागुन ११ गतेदेखि साधारण शेयर बिक्री गर्न लागेको हो ।

रसुवामा १११ मेगावाट क्षमताको रसुवागढी र ५७.३ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् ।

रसुवागढीले संचयकोषका संचयकर्ताका लागि रु १०० दरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर जारी गर्नेछ । संचयकर्ताले खरिद गर्ने सेयरबाट रु १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय उठाउने लक्ष्य छ ।

प्राधिकरणको चेपुवामा ‘सौर्य विद्युत् उत्पादक’ 

यसैगरी, सान्जेन जलविद्युत् कम्पनीले सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि रु ८७ करोड ६० लाख बराबरको ६८ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेको छ ।

विसं २०६८ मंसिरमा कायम भई गत मंसिर २६ गतेसम्म बहाल कर्मचारीले रसुवागढी र साञ्जेनको सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

दुवै कम्पनीले निष्कासन गर्ने सेयर खरिद गर्न डिम्याट खाता नम्बर र सि आस्बा दर्ता नम्बर अनिवार्य गरिएको छ । सेयर खरिदकर्ताले सि–आस्बा प्रणाली लागु भएका बैंकबाट आवेदन दिनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको