Like us!
Follow us!
Connect us!
Watch us!

एक अर्ब ७० करोड बराबरको म्यूचल फण्ड बिक्री हुँदै

विहीबार, १० फागुन २०७४, १० : ४८ मा प्रकाशित

एक अर्ब ७० करोड बराबरको म्यूचल फण्ड बिक्री हुँदै

अर्थ संसार, काठमाडौं –विभिन्न कम्पनीका रु एक अर्ब ७० करोड बराबरको म्यूचल फण्ड बिक्री खुल्ने भएको छ ।

लगानीकर्ताको आर्कषण घटेका बेला २ बैंकले रु १ अर्ब ७० करोड बराबरको सामूहिक लगानीकोष  निष्कासनका लागि आवेदन दिएपछि बजारमा ती फण्ड बिक्री होलान् कि नहोलान् भन्ने चिन्ता पैदा भएको छ ।

नेपाल धितोपत्र बोर्डमा दिइएको आवेदनका आधारमा ग्लोबल आईएमई बैंकले ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ र  नेपाल इन्भेष्टमेन्ट बैंकले  एनआईबीएल सहभागिता फण्ड निष्कास गर्न लागेका हुन् ।

लगानीकर्ताको आर्कषण घटेका बेला २ बैंकले रु १ अर्ब ७० करोड बराबरको सामूहिक लगानीकोष  निष्कासनका लागि आवेदन दिएपछि बजारमा ती फण्ड बिक्री होलान् कि नहोलान् भन्ने चिन्ता पैदा भएको छ ।

दुई कम्पनीले प्रति इकाई रु १० का दरले कुल १७ करोड इकाई निष्कासन गर्ने प्रक्रिया अघि बढाएका छन् ।

दुबैले निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डले अनुमति दिए पश्चात बजारमा यी दुई कम्पनीले म्यूचल फण्डको बिक्री गर्ने छन् ।

ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले रु १ अर्ब २० करोड बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको छ ।

त्यस्तै, एनआइबिएल सहभागिता फण्डको रु ५० करोड  बरारबको ५ करोड इकाई बिक्री गर्न लागिएको हो ।

5a8e52de3e6da.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको