Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सको शेयर किन्दा फाइदा कि नोक्सान ? हेरौँ, एक विश्लेषण

विहीबार, १० फागुन २०७४, ०८ : ४५ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सको शेयर किन्दा फाइदा कि नोक्सान ? हेरौँ, एक विश्लेषण

अर्थ संसार, काठमाडौं–बीमा बजारमा विद्यमान तीब्र प्रतिस्पर्धालाई चुनौतिका साथै अवसरको रुपमा लिई अघि बढेको यस गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. ३ करोड ८२ लाख ६४ हजार नाफा गर्न सफल भएको छ ।

कम्पनीले गत वर्षको दोस्रो त्रैमासभन्दा यो वर्ष ९३ प्रतिशत बढी नाफा गरेको हो । यो वर्ष करीब ८७ प्रतिशतले वृद्वि गर्दै रू. ५ करोड ७३ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले रू. १ करोड ९० लाख ९४ हजार मात्र खर्च गरेकाले पनि नाफामा वृद्धि देखिएको हो ।

कम्पनीको वेवसाइटलाई आधार मान्दा हाल नौ प्रकारका बीमा सेवाहरु प्रदान गर्दै आएको छ । यस आवको अन्त्यसम्म रू. २ अर्ब चुक्तापूँजी पु¥याउनुपर्ने अवस्थामा पुस मसान्तसम्म कम्पनीको चुक्तापूँजी रू. ५९ करोड ४० लाख मात्र रहेको छ ।

आव २०७२/७३ को नाफाबाट ८ प्रतिशत बोनस शेयर र ५० प्रतिशत हकप्रद वितरण गर्ने निर्णय गरेको कम्पनीले बोनस शेयर वितरण गरिसकेको छ भने ५० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डमा भदौ ९ गते निवेदन दिएको छ ।

हकप्रद निष्कासनको स्वीकृति पाएसँगै २९ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरी चुक्तापूँजी रू. ८९ करोड १० लाख पुर्‍याउने छ । हकप्रद पश्चात अपुग रकम गत वर्षको नाफाबाट बोनस र हकप्रद वितरण गरेर तोकिएको चुक्तापूँजी पुर्‍याउने योजना कम्पनीको रहेको छ ।

वर्गिकरणः जीवन बीमा कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ९०६
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ९८७.७७
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ४३६
१८० दिनको भारित औसत मूल्यः रू. १४००

कम्पनीको महत्वपूर्ण अनुपात

व्यवस्थापन समूहः
अध्यक्षः विवेक दुगड
प्रमुख कार्यकारी अधिकृतः नारायण कुमार भट्टराई
प्रधान कार्यालयः तीनकुने ,काठमाडौं
वेबसाइटः www.guranslife.com
स्टक सङ्केतः जिएलआइसिएल

बिगत पाँच वर्षको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रकम रू. हजारमा) 

दोस्रो त्रैमासको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रकम रू. हजारमा)

लाभांश विवरण

आधारभूत विश्लेषण 
कम्पनीले सार्वजनिक गरेको चालु र गत आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण बीच तुलना गर्दाः

  • यो वर्षको दोस्रो त्रैमासमा कम्पनीको चुक्तापूँजीको तुलनामा खुद नाफा ३ दशमलव ५९ बाट वृद्धि भई ६ दशमलव ४४ पुगेको छ ।

  • जगेडा रकम गत वर्षको तुलनामा १७ प्रतिशत बढी रू. २१ करोड ३५ लाख ४७ हजार रहेको छ भने बीमा कोषमा गत वर्षकोभन्दा ३९ प्रतिशत बढी रू. ३ अर्ब ५६ करोड ३ लाख ६ हजार रहेको छ ।

  • यस वर्षको दोस्रो त्रैमासमा बीमालेख धितोमा कर्जा गत वर्षको तुलनामा १ सय ९ प्रतिशत बढी रू. १४ करोड ९४ लाख ९४ हजार उपलब्ध गराएको छ ।

  • दोस्रो त्रैमाससम्म १ लाख ९२ हजार ४ सय ६८ बीमालेख कायम गरेको कम्पनीले गत वर्षभन्दा ३२ प्रतिशत बढी रू. ६० करोड ५२ लाख २८ हजार बीमाशुल्क आर्जन गरेको छ ।

  • यस अवधिमा ३ सय १६ जनालाई रू. ७ करोड ४६ लाख ३८ हजार दाबी भुक्तानी गरेको छ । गत वर्ष ८ सय २० जनालाई रू. ३४ लाख २१ हजार दाबी भुक्तानी गरेको थियो ।

  • यस वर्ष गत वर्षको तुलनामा भुक्तानी हुन बाँकी दाबी रकम साढे ७१ प्रतिशतले कम छ । गत वर्ष यस समयमा १ सय ६३ जनालाई रू. २ करोड ६० लाख ६३ हजार दाबी भुक्तानी दिन बाँकी रहेकोमा यस वर्षको सोही अवधिमा ५२ जनालाई रू. ७४ लाख २४ हजार मात्र भुक्तानी गर्न बाँकी रहेको उल्लेख छ ।

  • दोस्रो त्रैमासको प्रतिवेदन अनुसार कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १२ दशमलव ८८, मूल्य आम्दानी अनुपात ७३ दशमलव शून्य ४, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ७ सय ८९ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. १ सय ४० दशमलव ४३ रहेको छ । बुधवारको मूल्य नेटवर्थको ६ गुणा छ ।

प्राविधिक बिश्लेषण

  • खरिद चापः कम्पनीको बुधवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप ३ गुणा बढी भएको छ । सो अवधिसम्म ३ हजार ३ सय ४० कित्ता शेयर खरीद र १ हजार ६३ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

  • बुधवार भएको शेयर कारोबार विवरणः

मैनबत्ति विश्लेषण

३० नोभेम्बर २०१७                                                                                                                           २१ फेब्रुअरि २०१८

स्ट्याण्डर्ड डेभिएशन

३० नोभेम्बर २०१७                                                                                                                                  २१ फेब्रुअरि २०१८

आरएसआई

३० नोभेम्बर २०१७                                                                                                                           २१ फेब्रुअरि २०१८

मुभिङ एभरेज

३० नोभेम्बर २०१७                                                                                                                            २१ फेब्रुअरि २०१८

  • मैनबत्ति विश्लेषणः कम्पनीको ५१ दिनको कारोबारमा अन्तिम दिन सुटिङ्स्टार मैनबत्ति आकृति बनेको छ । यसले आगामी दिनमा कम्पनीको शेयर मूल्य बढ्न सङ्केत गर्दछ ।

  • आरएसआईः कम्पनीको ५१ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (४० दशमलव ६० स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ५१ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन १४ दशमलव ३४ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीको ५१ दिनको कारोबारमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । बुधवारको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । यदि बुधवारको मूल्य रू. ९ सय ६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९ सय ५० मा प्रतिरोध पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको