Like us!
Follow us!
Connect us!
Watch us!

शाखा विस्तारमा आक्रमक बन्दै सेञ्चुरी बैंक

बुधबार, ०९ फागुन २०७४, १८ : ४६ मा प्रकाशित

शाखा विस्तारमा आक्रमक बन्दै सेञ्चुरी बैंक

अर्थ संसार, काठमाडौं– बैंकहरुको माझ छुट्टै स्थान बनाउन सफल सेञ्चुरी बैंक पछिल्लो समय शाखा विस्तारमा आक्रमक बनेको छ ।

बैंकले पछिल्लो समय पाँच स्थानमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले देशको ग्रामीण भेगका जनता माझ बैंकिङ्ग पहुंच पुर्याउने सरकार तथा नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम शाखा विस्तारलाई जोड दिइएको हो ।

कहाँ कहाँ खोल्या त शाखा ?

बैंकल आफ्ना शाखा विस्तार गर्ने क्रममा  खोटाङ्ग जिल्लाको लामिडांडा गाउंपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउंपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

सो शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठज्यूले केन्द्रिय कार्यलयबाट शुभारम्भ गर्नुभयो ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको