Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीयलाई समेत सहभागी बनाएर यसरी बन्दैछ दरबाङ म्यादी हाइड्रो

बुधबार, ०९ फागुन २०७४, १४ : ३६ मा प्रकाशित

स्थानीयलाई समेत सहभागी बनाएर यसरी बन्दैछ दरबाङ म्यादी हाइड्रो

अर्थ संसार, काठमाडौं– ग्याग्देली जनतालाई धनी बनाउने लक्ष्यका साथ २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

स्थानीयबासीलाई नै शेयरमा अग्राधिकार दिने लक्ष्यका साथ सो आयोजनामा म्याग्देली जनतालाई पहिलो प्राथमिकतामा राखिएको आयोजनाको भनाइ छ ।

म्याग्दी दरबाङ हाइड्रो पावर कम्पनीका अध्यक्ष विनोद कुँवरले आयोजनामा आर्थिक अवस्था कमजोर भएका स्थानीयबासीलाई नै धनी बनाउने उद्देश्यले कार्यक्रम अगाडि बढाइएको छ भने घरदैलो, अन्तरक्रिया कार्यक्रम तथा जलविद्युत्को महत्व तथा भविस्यमा हुने प्रतिफलका विषयमा समेत जानकारी गराउन थालिएको छ ।

स्थानीय गाँउपालिकासँग पनि समन्वय गरेर आयोजनाको विकास गर्न लागिएको बतायएको छ ।

 प्रभावित क्षेत्रका जनतालाई भविस्यमा प्राप्त हुने प्रतिफल तथा लगानीका आयामका बारेमा जानकारी गराइएको छ । आयोजनाको कुल लागत रु ५ अर्ब १४ करोड रहेको छ । त्यमास बैंक तथा वित्तीय संस्थाले रु ३ अर्ब ५० करोड लगानी गर्न लागेका छन् ।

परियोजनामा ३० प्रतिशत शेयर स्थानीयलाई दिने तयारी छ । दुगर्म भेगका जनतालाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम सुरु गरिएको आयोजनाले जनाएको छ ।

 आयोजना प्रभावित क्षेत्रका जनता समेत कम्पनीको योजनाबाट उत्साहित भएको बताउका छन् । उनीहरुले आयोजनालाई अगाडि बढाउन हरसम्भव प्रयास गरिने बताएका छन् ।

स्थानीयलाई शेयरमा सहभागी गराउने लक्ष्यका साथ काम भइरहेकाले उनीहरुले समेत आयोजनामा अपनत्व महसुस गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको