Like us!
Follow us!
Connect us!
Watch us!

शाखा विस्तारमा आक्रमक बन्दै लुम्बिनी विकास बैंक

बुधबार, ०९ फागुन २०७४, ०८ : २४ मा प्रकाशित

शाखा विस्तारमा आक्रमक बन्दै लुम्बिनी विकास बैंक

अर्थ संसार, काठमाडौं– पछिल्लो समय लुम्विनी विकास बैंक लिमिटेड शाखा विस्तारमा आक्रमक बनेका छ । 

बैंकले मंगलबार  न्यूरोड काठमाडौंबाट बनस्थली ढङ्गेधारा चोकमा स्थानान्तरण गरेको शाखा उद्घाटन गरिएको छ ।   बैंकका सञ्चालक समितिका सदस्य चिन्तामणी भट्टराईले औपचारिक शुरु गर्नु भएको हो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत झलक प्रसादखनालले कार्यक्रममा उपस्थित अतिथि तथा सम्पूर्ण ग्राहक महानुभावहरुलाई सम्बोधन गर्दै बैंकले आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैकिङ सेवा प्रदान गर्ने साथै ग्रामिण भेगमा समेत क्रमश सेवाविस्तार गर्दै जाने सम्बन्धमा स्पष्ट पार्नुभयो ।

बैंकको केन्द्रीयकार्यालय डिल्लीबजारबाट संचालनभई मूलूकका विभिन्न भागमा रहेका ६० शाखा सञ्जालहरु तथा १२ एटिएममार्फत विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै   ATM, ABBS,SMS Banking, Mobile Banking लगायतको सम्पूर्ण बैकिङसेवाहरु उपलब्ध हुँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको