Like us!
Follow us!
Connect us!
Watch us!
कर बुझाउन राजस्व कार्यालको २१ दिने अल्टिमेटम

१०९ वटा संयुक्त उपक्रम (जे.भी.) कर बुझाउन अटेर गर्दै (लिष्टसहित)

मंगलबार, ०८ फागुन २०७४, ११ : २७ मा प्रकाशित

१०९ वटा संयुक्त उपक्रम (जे.भी.) कर बुझाउन अटेर गर्दै (लिष्टसहित)

अर्थ संसार, काठमाडौं– ललितपुरको आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका १ सय ९ वटा संयुक्त उपक्रम (जे.भी) को रुपमा दर्ता भएका कराताहरुले  मूल्य अभिवृद्धि कर बुझाउन अटेर गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय, ललितपुरले पटक पटक कर बुझाउन आग्रह गरेपनि उनीहरुले अटेर गरेका हुन् ।

१०९ वटा कम्पनीको करोडौ रुपैयाँ मूल्य अभिवृद्ध कर बक्योता असुल गर्न बाँकी रहेको छ ।

राजस्व कार्यालय  उक्त संयुक्त उपक्रम (जे.भी) को रुपमा दर्ता भएका करदातालाई सम्पर्क गर्न खोज्दा समेत सम्र्पक हुन नसकेको राजस्व कार्यालयले जनाएको छ ।

मूल्य अभिवृद्धि कर ऐन २०५२ दफा १९ बमोजिम करदाताले प्रत्येक कर अविधिको कर सो अवधि समाप्त भएको मितिले  २५ दिनभित्र बुझाउनु पर्ने स्पष्ट व्यवस्था रहेको छ ।

तर, यस  कार्यालय अन्तरगत सोही एनेको दफा १० (ख) बमोजिम संयुक्त उपक्रम (जे.भीं) को रुपमा दताएका १०९ वटा करताहरुलले उक्त कानून व्यवस्थालाई वेवास्ता गरी आफूले बुझाउनु पर्ने कर नबुझाएको र उपदफा दफा (३)  बमोजिम संयुक्त उपक्रम खडा गर्दा गरेको सम्झौता बमोजिम काम काम सम्पन्न भएपछि सम्पूर्ण कर दायित्व फरफारक गरी दर्ता खारेजीको निवेदन  दिनु  पर्नेमा सो नगरी बसेको  बसेका छन् ।

 उक्त करदाताहरुलाई अबको २१ दिनभित्र कर बक्यौता वापत सम्पूर्ण रकम दाखिल नगरेमा मू.अ.कर ऐन, २०५२ को दफा २१ बमोजिमको प्रक्रिया अपनाई मुख्य साझेदार र संम्बद्ध साझेदारहरु मध्येबाट अशुल उपर गर्न ऐ.ऐनको दफा १० ख. (४) बमोजिम  कारबाही अगाडि बढाउन कार्यालयले जनाएको छ ।

कर नबुझाउने  संयुक्त उपक्रम (जे.भी.) हरु   

 

5a8bbd38abe0a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको