Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको घोषणा : नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने

सोमबार, ०७ फागुन २०७४, १८ : ०० मा प्रकाशित

प्रधानमन्त्रीको घोषणा :  नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने

अर्थ संसार, काठमाडौं–  विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३/३ लाख रुपैयाँ दिने भएको छ ।

साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक(एक लाख रुपैयाँ थप्ने भएको छ ।

क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३र३ लाख दिने बताए ।

यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेका छन् ।

नामिबियामा भएको डिभिजन टूमा उपविजेता बनेको नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ ।

जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको