Like us!
Follow us!
Connect us!
Watch us!

सांसद शाहीद्वारा राजिनामा

सोमबार, ०७ फागुन २०७४, १७ : ४९ मा प्रकाशित

सांसद शाहीद्वारा राजिनामा

अर्थ संसार, सुर्खेत– मन्त्री बन्न नपाएको भन्दै सांसद चन्द्रबहादुर शाहीले आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।

मुगु प्रदेश (ख) बाट प्रत्यक्ष निर्वाचित हुनुभएका सांसद शाहीले प्रदेश नं। ६ को मन्त्रिमण्डल विस्तारप्रति असन्तुष्टि जनाउँदै आइतबार राजिनामा दिनुभएको हो ।

एमाले प्रदेश नं. ६ का संसदीयदलका नेता यामलाल कँडेलले पार्टीका तर्फबाट प्रदेश सरकारमा सहभागी हुने मन्त्री पठाउँदा आफूलाई अन्याय गरेकाले राजिनामा दिएको सांसद शाहीले बताउनुभयो ।

आइतबार विस्तार भएको मन्त्रिमण्डलमा आफू निकट तथा पार्टीमा योगदान नगरेकालाई मन्त्री बनाएर चरम गुटगत राजनीति गरेकाले त्यसविरुद्ध आफ्नो राजिनामा आएको सांसद शाहीको भनाइ छ ।

संसदबाट मात्र नभएर पार्टीबाट पनि राजीनामा दिने सांसद शाहीले बताउनुभयो । प्रदेश नं. ६ को प्रदेश सांसद भएकाले सांसदको राजिनामा प्रदेशमा नै दिएको हुँ, एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्यसमेत भएकाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै राजिनामा बुझाउन काठमाडौँ पुगेको छु” सांसद शाहीले भन्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको