Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको –प्रम ओली

आइतबार, ०६ फागुन २०७४, १८ : ०२ मा प्रकाशित

सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको –प्रम ओली

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताउनुभएको छ ।

नेकपा (एमाले)को कानुन विभागले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने बताउनुभयो ।

‘न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखमा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर  आँखामा पट्टी हैन पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ ।’

प्रधानमन्त्री ओलीले देश राजीनितिक संघर्षबाट विकास र समृद्धितर्फ अगाडी बढेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले देशले सुदृढ र स्थायित्वसहितको सरकार पाएकोले अब लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले अगाडि बढ्न सकिने बताउनुभएको छ ।

केही आग्रही वुद्धिजीवीहरुले संलग्नतालाई महव दिएर सत्यलाई ओझेल पारेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको