Like us!
Follow us!
Connect us!
Watch us!

नौ मन्त्रालयको मात्रै खर्च अर्ब माथि, अरु सरकारी निकायले के गरे ?

आइतबार, ०६ फागुन २०७४, १७ : ५६ मा प्रकाशित

नौ मन्त्रालयको मात्रै खर्च अर्ब माथि, अरु सरकारी निकायले के गरे ?

अर्थ संसार, काठमाडौँ – सरकारका निकायले चित्त बुझ्दो रुपमा विकास बजेट mखर्च गर्न नसकेको पाइएको छ ।

अर्थ मन्त्रालयकाअनुसार नौ मन्त्रालयले मात्रै रु एक अर्ब बढी रकम खर्च गर्न सकेका छन् ।                 

मन्त्रालयकाअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु  २३ अर्ब ४९ करोड २६ लाख खर्च गरेको छ ।

यस्तै सिँचाइ मन्त्रालय रु ७ अर्ब ८१ करोड ४२ लाख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रु ६ अर्ब ५५ करोड ५९ लाख खर्च गरेको छ ।

यसैगरी रक्षा मन्त्रालय रु ५ अर्ब ६६ करोड ३४ लाख, शहरी विकास मन्त्रालयले रु ५ अर्ब ३६ करोड ९४ लाख र खानेपानी तथा सरसफाइ मन्त्रालयले रु  ४ अर्ब ९४ करोड ८७ लाख खर्च गरेको छ ।

अर्थ मन्त्रालयकाअनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रु  ३ अर्ब २९ करोड ४१ लाख, स्वास्थ्य मन्त्रालयले रु  २ अर्ब २२ करोड ५७ लाख र गृह मन्त्रालयले रु  १ अर्ब २८ करोड ५० लाख रकम खर्च गरेका छन् ।

अर्बभन्दा माथि खर्च गर्ने मन्त्रालयमध्ये सबैभन्दा अगाडि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ ।

चालू आर्थिक वर्षको बजेटमा उक्त मन्त्रालयलाई पुँजीगत खर्चतर्फ रु ८९ अर्ब ५० करोड ६६ लाख बजेट विनियोजन भएकोमा यो अवधिमा २६.२५ प्रतिशतमात्रै खर्च भएको छ ।गरेर अंकको आधारमा बढी खर्च गर्ने मन्त्रालयको पहिलो सूचीमा परेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको