Like us!
Follow us!
Connect us!
Watch us!

अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित

आइतबार, ०६ फागुन २०७४, ११ : ३५ मा प्रकाशित

अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित

अर्थ संसार, काठमाडौँ– नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ ।

माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले राससलाई जानकारी दिनुभयो ।

बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने निर्णय गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज हुने छलफल पनि एकताअन्तर्गत पार्टीको मार्गदर्शक सिद्धान्त एवम् सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने प्रवक्ता भुसालले बताउनुभयो ।

सो अवसरमा प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित हुने सांसदलाई अध्यक्ष दाहालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको