Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा जागिर खाने हो, सेञ्चुरी र महालक्ष्मीले माग्यो २६० कर्मचारी (विज्ञापनसहित)

आइतबार, ०६ फागुन २०७४, ११ : ०० मा प्रकाशित

बैंकमा जागिर खाने हो, सेञ्चुरी र महालक्ष्मीले माग्यो २६० कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं– सेञ्चुरी बैंकले प्रशिक्षार्थीसहित २१४ जना कर्मचारी माग गरेको छ ।  बैंकले आज सूचना प्रकाशित गरी सहायक म्यानेजर २ जना, सिनियर अफिसर १३ जना, अफिसर २३ जना, सहायक अफिसर ३६ जना, सुपरभाइजर १८ जना माग गरेको छ ।

यस्तै सिनियर असिस्टेन्ट २४ जना, असिस्टेन्ट ४ जना, म्यानेजमेन्ट टे«नी ४ जना, प्रशिक्षार्थी ७५ जना माग गरेको छ । मेरो जबले व्यवस्थापन गरेको बैंकको कर्मचारीका लागि आगामी ७ दिन भित्र अर्थात् २५ फेबु्रअरी भित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तै महालक्ष्मीले केही शाखा प्रवन्धक र सुपरभाइजरका लागि दरखास्त मागेको छ । यस्तै बैंकस्योरेन्स अधिकृत १ जना, बजार अधिकृत १, म्यानेजमेन्ट ट्रेनी २०, जुनियर सहायक केही र कार्यलय सचिव गरी झण्डै ५० जनाका लागि दरखास्त खुलाएको बैंकले जनाएको छ ।

दरखास्त दिने अन्तिम मिति आउदो मार्च ४ गतेसम्म तोकिएको छ । काठमाडौं र उपत्यका बाहिर दुर्गम जिल्लाका लागि जागिर खुलाएको हो । अनुभवीलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।

विज्ञापन

5a8955d5edb55.jpg 5a8955d6e7bf7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको