Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै राष्ट्रिय बीमा संस्थान

शुक्रबार, ०४ फागुन २०७४, १२ : २२ मा प्रकाशित

नाफामा अब्बल बन्दै राष्ट्रिय बीमा संस्थान

अर्थ संसार, काठमाडौं– राष्ट्रिय बीमा संस्थान नाफामा अब्बल बन्दै  गएको छ । पछिल्लो ६ महिनाको आर्थिक विवरणले यस्तो देखाएको हो ।

संस्थाले यस आर्थिक वर्षको  दोस्रो त्रैमासमा खुद मुनाफा १ करोड २३ लाख रुपैयाँ कमाएको छ । 

गत वर्षको सोहि अवधिमा कम्पनीले मुनाफा ३६ लाख रुपैयाँ कमाएको थियो । जुन गत वर्षको तुलनाभन्दा २३६.६७ प्रतिशतले बढेको हो ।

 संस्थानले जगेडाकोषमा १६ करोड २३ लाख रुपैयाँ र जीवन बीमाकोषमा १४ अर्ब ४९ करोड ७० लाख रुपैयाँ राखेको छ ।

कम्पनीको आम्दानीमा ८७ दशमलव ६६ प्रतिशतले बढेर २ करोड १२ लाख रुपैयाँ पुगेको छ भने खर्च १६ दशमलव २९ प्रतिशतले बढेर ८९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले यस अवधिमा बीमा शुल्क खुद १ अर्ब ५९ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुद १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ रहेको छ । १८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी  रहेको छ ।

5a86821796d74.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको