Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणको चरम लापरवाही : बाह्र वर्षमा पनि काबेली करीडोर नबन्दा ८० मेगावाट विद्युत् खेर जाँदै

शुक्रबार, ०४ फागुन २०७४, ११ : ५१ मा प्रकाशित

प्राधिकरणको चरम लापरवाही : बाह्र वर्षमा पनि काबेली करीडोर  नबन्दा ८० मेगावाट विद्युत् खेर जाँदै

अर्थ संसार, काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको लापरवाहीका कारण काबेली कोरिडोरको अवस्था जस्ताको तस्तै रहेको छ ।

कुल १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणमा ध्यान नदिएका कारण निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्थामा पुगेको छ ।

मेची अञ्चलमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत केन्द्रीय प्रणालीमा जोड्न महत्वपूर्ण मनिएको उक्त प्रसारण लाइन निर्माणमा प्राधिकरणले कुनै तदारुकता देखाउन सकेको छैन ।

कुल १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणमा ध्यान नदिएका कारण निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्थामा पुगेको छ ।

प्रसारण लाइनको लम्बाई झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुसम्म ९० किलोमिटर रहेको छ । ३ खण्डमा बाँडेर निर्माण सुरु भएको लाइनमध्ये पहिलो खण्ड गोदक–दमक सञ्चानमा आएपछि अरु खण्डको काम भने गति लिन सकेको छैन ।

आर्थिक वर्ष २०६२/६३ मै सुरु भएको उक्त प्रसारण लाइन हालसम्म पनि अलपत्र रहनुको पछाडि प्राधिकरणको लाचारीले नै काम गरेको हो ।

प्रसारण लाइन निर्माणमा ठेकेदारको लापरबाही, प्राधिकरणको फितलो अनुगमन तथा दबाबका कारण कामले गति लिन सकेको छैन ।

जग्गाको मुआब्जा वितरण, वनको स्वीकृतिलगायत समस्याले प्रसारण लाइन निर्माण समस्या आएको बताएर प्राधिकरण चुपचाप बस्ने गरेको ऊर्जा उद्यमीले बताएका छन् ।

सो प्रसारण लाइन समयमा तयार नहुँदा काबेली कोरिडोरमा निर्माणाधीन आयोजनाका प्रवद्र्धक चिन्तामा परेका छन् ।

प्रसारण लाइन निर्माणमा ठेकेदारको लापरबाही, प्राधिकरणको फितलो अनुगमन तथा दबाबका कारण कामले गति लिन सकेको छैन । निर्माण सुरु भएको  १२ वर्षसम्म पनि प्रसारण लाइन नबन्नु दुखद रहेको बताइन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको