Like us!
Follow us!
Connect us!
Watch us!

क्लियरिङ बैंक थप्न र दलालको सेवा उपत्यकाबाहिर विस्तार गर्न  नेप्सेलाई धितोपत्र बोर्डको अर्को निर्देशन

बुधबार, २२ मंसिर २०७३, १२ : २५ मा प्रकाशित

क्लियरिङ बैंक थप्न र दलालको सेवा उपत्यकाबाहिर विस्तार गर्न  नेप्सेलाई धितोपत्र बोर्डको अर्को निर्देशन

अर्थ संसार

काठमाडौं–धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई धितोपत्र कारोवारको राफसाफ तथा फछ्रर्यौट कार्यलाई छिटो छरितो गर्न क्लियरिङ बैंक थप्न यसअघि दिएको निर्देशन कार्यान्वयन नगरेपछि फेरि अर्को निर्देशन दिएको छ । नेप्सेले निर्देशन आलटाल गर्दै आएपछि  बोर्डले अर्को निर्देशन दिएको हो ।

नेप्से आफैंले क्लियरिङ्ग बैंकको सेवालाई चुस्त बनाउन गत भदौ १५ सम्ममा क्लियरिङ्ग बैंक थप गर्ने प्रतिबद्धता जनाएको थियो । नेप्सेले मंसिर वित्न लाग्दा पनि क्लियरिङ बैंक थपेको छैन । नेप्सेले कम्तिमा दुई क्लियरिङ्ग बैंक थप गर्न शीघ्र व्यवस्था गर्न नेप्सेलाई निर्देशन दिएको छ।

बोर्डले बजार सुधार कार्यक्रमअन्तर्गत गत २०७२ माघदेखि पूर्ण अभौतिकिकरण गरी पूर्णस्वचालित धितोपत्र कारोवार प्रणाली लागू गरिसकेको छ । 

यस्तै बोर्डले नियमित कारोवारमा १० कित्ताभन्दा कमको समेत कारोवार हुन सक्ने व्यवस्था गर्न नेप्सेलाई निर्देशन दिएको छ । त्यस्तै १० कित्ताभन्दा कम कित्ताको कारोवारले मूल्य सीमा परिवर्तन गर्न नसक्ने व्यवस्था गर्न बोर्डले भनेको छ ।

साथै १० कित्ता वा सोको भाग नजाने साना कित्ताले खरीदकर्ताको ठूलो खरीदआदेश समेत स्वतः खारेज हुने भन्ने गुनासो आएको हुँदा तयससम्बन्धमा समेत आवश्यक सुधार गरी खरीद आदेशमा बाँकी रहेको खरीद सीमा कारोवार प्रणालीमा कायम रहने व्यवस्था गर्न भनेको छ । यस सम्बन्धी प्रावधान नयाँ कारोवार विनियमावलीमा समेत व्यवस्था मिलाउन नेप्सेलाई दिर्नेशन दिएको छ ।

अहिले धितोपत्र बजारमा धितोपत्रको नियमित कारोवार १० कित्ता वा सोभन्दा माथिको मात्र हुने गरेको छ । बोर्डले काठमाण्डौ उपत्यकाबाहिर दलाल व्यवसायीहरुको शाखा बिस्तार गर्ने वा दलाल व्यवसायी थप गरी क्षमता बिस्तार गर्न गरेको अटेरलाई फेरि निर्देशन दिएर कार्यान्वयन गर्न भनेको छ ।

नेप्सेले धितोपत्र दलालको सेवासमेत गत भदौ १५ गते बिस्तार गर्ने प्रतिबद्धता जाहेर गरेको थियाृे । बोर्डले नेप्सेलाई ‘हालसम्म पनि उक्त ब्यवस्था नभएकोले सो सम्बन्धमा शीघ्र सिफारिश गरी बोर्डमा पठाउने व्यवस्था गर्न’ निर्देशन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको